आमा - निर्मल सुनुवार
आमा
***निर्मल सुनुवार***
प्राणी मात्रको सबभन्दा नजिक र प्रिय आमा नै हुन् गर्वअवस्था देखि आजीवन अविरल र
निश्वार्थ हित चाहनाले आमालाई मायाकी खानी पनि भनिन्छ । शृष्टि, पालन, संरक्षण, शिक्षा तथा सांस्कृतिप्रदान गर्ने आमा नै वास्तविक सर्वश्रेष्ठ प्राणी हुन् । प्रकृतिले आमा र उनी भित्र माया नदिएको भए जीव सृष्टिबाट नै ठुलो प्रभाव पर्ने थियो होला । सम्पूर्ण जीव जगतको अध्ययनमा ठुला देखि सानासम्म जीवको आमाले सन्तानको हित सम्रक्षणका लागि जस्तो सुकै जोखिम उठाइएको उदारहणहरू पाइने गर्दछन ।यस्तो काम गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरेका हुन्छन किनकि आमा नै शृष्टि गर्नका लागि ईश्वरकि प्रतिनीधि हुन् । जसरी सानो चरो चिलसँग र सानो जनावर पनि सिंहसँग लड्न तयार हुन्छ । मनुष्यमा पनि आमा सन्तानको लागि हृसक जनावर, आगो, पानी, चोर डाका आदिसँग लड्दा लड्दै प्राणको आहुति दिएर पनि सन्तानको रक्षा गर्दछिन। बास्तबमै आमा श्रद्धय र मायाकी खानी हुन् । जुन सुकै प्राणीको जन्म आमाको कोख बाहेक सम्भव नै छैन । जसको कारणबाट प्राणीले जीवनको स्वाश लिन्छ अनि यही जीवनबाट यो संसारमा आँखा खोल्दै जीवन जिउन थाल्छ । सन्तानको पालन पोषण र रक्षाको लागि हरपल पीडालाई छातीमा सहदै परि आउने कठिनाइको सामना गर्दै सन्तानको रक्षा गर्दछिन।
LOVE YOU 🌹 MUMMY 😘
0 Comments:
Post a Comment
If you Have any doubt/question please let me know. Thank you
Subscribe to Post Comments [Atom]
<< Home