Monday, 10 June 2019

current date and time




@mark nirmal qtc


Labels:

Sunday, 9 June 2019

मानव जीवनको रहस्य



मानिसको जिन्दगी रहस्यपूर्ण छ । जसले यो जिन्दगीको रहस्यलाई हृदयदेखि नै चिन्न सके र बदल्न सके उनीहरूले आफ्नो जिन्दगीलाई रोशन गर्न सके । हाम्रो जिन्दगीमा जस्तोसुकै परिस्थिति आओस् त्यसलाई हामीले नै आफ्नो जीवनमा आकर्षित गरेका हुन्छौं । त्यो चित्रद्वारा हामीतर्फ आकर्षित भएको हुन्छ । त्यो चीज हाम्रो मस्तिष्कमा रहिरहेको हुन्छ र त्यही प्रकट भएर आउँछ । हाम्रो मस्तिष्कमा जे सोंच आउँछ त्यसलाई अरु कसैले नभएर आफैले आफूतर्फ आकर्षित गरिरहेका हुन्छौं । जु"तपाईंको हरेक विचार एउटा वास्तविक बस्तु हो । एउटा शक्ति हो ।"
त्यसैले त यस कुरालाई कसैले संगीतमा व्यक्त गरेका छन् । कसैले चित्रकारितामा कसैले साहित्यमा कसैले गणितमा कसैले पत्रकारितामा त कसैले विज्ञानमा ।यसैको कारण उनीहरू अमर छन् । उनीहरूको महानता सदियौं पछि पनि कायम छ । यो रहस्य धर्ममा पनि हुन्छ गौतम बुद्ध, क्राइस्ट आदिबाट यस कुराको पुष्टि हुन्छ । जो मानिसहरूले यो रहस्यलाई हासिल गर्न चाहन्थे उनीहरूले यसलाई प्राप्त गरी छाडेको देखिन्छ ।
यो रहस्यको प्रयोगले मानिसहरूले आफ्नो जीवनमा प्रसस्त शिक्षा र ज्ञान हासिल गरेका छन् । उनीहरूले यो थाहा पाएर या थाहा नपाइकनै अन्जानमा हासिल गरेका किन नहुन् । यी व्यक्तिहरूले आफ्नो दिमागमा कुनै विरोधि विचारको जरो उमारेनन् । उनीहरूको सबैभन्दा प्रबल विचार शिक्षाको बारेमा हुन्थ्यो । शिक्षकै विषयमा सोच्ने गर्थे । उनीहरूको दिमागमा यो बाहेक अरु केही थिएन । शिक्षासम्बन्धी प्रवल विचारका कारण नै शिक्षा आफूतिर आकर्षित हुन्छ भन्ने कुरा उनीहरूलाई थाहा थियो । यो सकि्रय सकारात्मक आकर्षण को नियम हो । हामीहरू शिक्षा सम्बन्धी सकारात्मक विचारलाई मानसिक जीवनमा भारि बनाउनु पर्छ । अनि त चाहेजस्तो शिक्षा प्राप्त गर्न सकिन्छ र सोचेजस्तो नतिजा ल्याउन सकिन्छ । समान चिजले समान चिजलाई आकर्षित गर्छ राम्रो विचारले राम्रो विचारलाई आकर्षित गर्छ । तपाईंको विचारजस्तै अन्य विचारहरू पनि आकर्षित हुन्छन् ।
हामी के चाहन्छौं भन्ने बारेमा स्पष्ट हुनु जरुरी हुन्छ । हामी जुन विषयमा धेरै सोच्ने गर्छौं त्यही बनिरहेका हुन्छौं । हामी जो व्यक्ति वा बस्तुको बारेमा सबैभन्दा बढी सोच्छौं त्यसलाई आफूतर्फ आकर्षित पनि गरिरहेका हुन्छौं ।
जीवनका हरेक क्षेत्रको बारेमा हाम्रो प्रवल विचार के हो यदि हामी आफ्नो दिमागमा कुनै चीज देख्न थाल्छौं भने त्यो हातमा आउँछ । ूविचार बस्तु बन्दछ ।" यी तीन सरल शब्दको काक्यलाई बारम्बार दोहोर्याइरहेमा यसलाई आफ्नो चेतनामा अनि जागरुकतामा उतार्न सक्यौं भने विचार बस्तुमा परिणत हुन्छ । हाम्रो सुन्दर विचारले सुन्दर संसारको रचना गर्छ । हामीद्वारा प्रसारित हुने राम्रो विचार गाउँ शहर देश र संसारभन्दा टाढा पुग्छ । सारा ब्रहं्रमाण्डमा नै गुाजयमान रहन्छ । यदि हामी आफ्नो जीवनको कुनैपनि चीजलाई बदल्न चाहन्छौं भने सुरुमा आफ्नो विचार बदल्नु आवश्यक हुन्छ । भनिन्छ-मानसिक शक्तिको कम्पन ब्रह्रमाण्डमा सर्वश्रेष्ठ एवम् सबैभन्दा शक्तिशाली हुन्छ । आज मानिस चन्द्रमा चुम्न सफल हुनु र संसारमा ठूला ठूला उपलब्धिका पछाडि मानसिक शक्तिको कम्पनकै कारण भएको मान्न सकिन्छ । अन्यथा यो सम्भव हुने थिएन । महाकवि लक्ष्मीप्रसाद देवकोटा महाकवि हुनु पारिजात र झमक घिमिरेले मदन पुरस्कार प्राप्त गर्ने हैसियतका कृतिहरू प्रकाशन गर्न सक्नुका पछाडि मानसिक शक्तिको कम्पनले नै काम गरेको होइन र ?
हामीले आफ्नो जीवनमा नराम्रोको सट्टा राम्रो चीजलाई आकर्षित गर्न सक्नु पर्छ । मानिसहरू मनले मागेको चीज नपाउनुको एकमात्र कारण छ भने उनीहरू आफू के चाहन्छु भन्दा पनि के चाहन्न भन्ने बारे धेरै सोच्ने गर्दछन् । जीवनमा के बन्ने हो भन्ने भन्दा पनि के नबन्ने हो भन्ने तर्फ बढि चासो र समय खर्चिन्छन् । जसको फलस्वरुप लक्ष्य प्राप्ति हुन सक्दैन । हामीले आफ्ना विचारहरूलाई ध्यान दिएर मनन गर्नुपर्ने हुन्छ नराम्रो विचारको सट्टा राम्रो विचारलाई आर्कषित गर्नुपर्दछ । हामी जे बन्नु छ त्यसतर्फ ध्यान दिनुपर्दछ । जे बन्नु छैन ध्यान दिनु हुँदैन । मानिसमा कमी कमजोरी हुन्छन् । जुन कमी कमजोरी मानिसको विचारको कारणबाट नै जीवनमा हात लागेका हुन्छन् । त्यसैले हाम्रो लक्ष्यमा आफूले चाहेको कुरामा एकाग्र भएर रहन सक्यौं भने बह्रमाण्डको सबैभन्दा प्रशलशक्तिबाट आफ्नो मनले चाहेको चीजलाई पाउन सक्छौं ।
हामी सुत्नुभन्दा अगाडि राम्रो विचार सोच्नु पर्दछ जीवनमा जे चाहिरहेका हुन्छौं त्यो पाएरै छोड्ने छौं । हाम्रो विचार भनेको विऊ हो । हामी जे बाली उब्जाउनु छ त्यो हाम्रो विऊमा निर्भर गर्दछ । आफ्नो मनले चाहेको चिजमा ध्यान केन्द्रत गरौं त्यस्ता चिजमा ध्यान दिन छाडिदिउँ जो हाम्रो मनले राम्रो भन्दैन । हाम्रो जिन्दगी हाम्रै हातमा हुन्छ । हामी चाहे यसवेला जुनसुकै ठाउँमा भए पनि हाम्रो जीवनमा चाहे जे सुकै घटना भएको भए पनि हामी ठीक यसै क्षण विचार बदलेर आफ्नो जिन्दगी बदल्ने सुरुवात गर्न सक्छौं । यसो भयो भने हाम्रो जीवनको हरेक परिस्थिति फेरिन सक्छ । सकारात्मक विचार नकारात्मक विचार भन्दा कैंयौ गुणा शक्तिशाली हुन्छ । त्यसैले अब आफैले आफ्नै हृदयसामु घोषणा गर्नु पर्छ कि -मेराे सबै राम्राे विचार शक्तिशाली छन् र नराम्राे विचार कमजोर छन् भनेर ।
मानिसका मनमा विचारहरू आउनु अनि ती साकार हुनुको बीचमा समयावधि हुन्छ । समय लाग्दछ । सबै विचार तत्काल यथार्थ पनि हुंदैनन् । जसरी राम्रो बीऊ रोपेर बाली भित्र्याउन समय लाग्दछ । यदि हाम्रो मनमा नकारात्मक विचार छ जुन साकार भए हाम्रो जिन्दगीमा लाभ होइन हानी नै हानी हुन्छ भने हामी यसैक्षण विचार बदलेर सकारात्मक बाटोमा लाग्न सक्छौं । हाम्रो वर्तमान विचारले हाम्रो पछि आउने सारा जिन्दगीको निर्माण गर्छ । त्यसैले हामी जुनकुराको बारेमा सबैभन्दा बढी सोच्ने सम्झने प्रयास गर्दछौं र त्यही कुरामा आफ्नो ध्यान केन्द्रित गर्दछौं भने त्यो कुरा प्राप्त भइ छाड्छ । कुनै पनि चीच हाम्रो जीवनमा तबसम्म प्राप्त हुँदैन जबसम्म हामी लगातार सोंचेर त्यसलाई आफ्नो समिपमा बोलाउंँदैनौं । त्यसैले हामी स्वयमलाई बदल्न सक्छौं । आफ्नो भाग्यको मालिक आफै बन्न सक्छौं ।





Read more »

Labels:

Saturday, 8 June 2019

साना साना नानी


साना साना नानी


-निर्मल सुनुवार 
साना साना नानी तिमी आकाशका तारा
झिल्मिलाई चम्किरहने सधैँ हाम्रा प्यारा।

आफ्नो पराई नछुट्याई माया गर्छौ सबैलाई
तिम्रो प्यारो बानीले मख्ख पार्छ सबैलाई ।

साना साना नानी तिमी आकाशका तारा
सबैले माया गर्ने बनि दिन्छौ प्यारा ।

फूलवारीमा रमाई रमाई नाच्ने पुतलीलाई
टिप्नु हुन्न सुन्दर ती फूलवारीका फूललाई

साना साना नानी तिमी आकाशका तारा
माया गर्छन् तिमीलाई नानी भन्दै सारा ।

साना साना नानी तिमी आकाशका तारा
झिल्मिलाई चम्किरहने सधैँ हाम्रा प्यारा ।।


Labels:

केही महत्वपूर्ण ज्ञान



👉 “शिरिषको फूल” नामक कृतिको लेखिका को हुन् ? – पारिजात
👉 शब्द विद्याका लेखक को हुन् ? – अंशुवर्मा
👉 मकैको खेती नामक पुस्तक कसले लेखेका हुन् ? – सुब्बा कृष्णलाल अधिकारी
👉 सिद्धिचरण श्रेष्ठको जन्मस्थान कुन जिल्ला हो ? – ओखलढुङ्गा
👉 चुली उपन्यासका लेखक सरुभक्त हुन् भने समय त्रासदीका लेखक को हुन् ? – सरुभक्त
👉 मानव न्यायशास्त्रका लेखक को हुन् ? – जयस्थिति मल्ल
👉 “चट्याङ मास्टर” कुन व्यङ्ग्यकारको उपनाम हो ? – कृष्णमुरारी गौतम
👉 मेगसेसे पुरस्कार पाउने नेपाली को हुन् ? – महेशचन्द्र रेग्मी र भारतदत्त कोइराला
👉 नेपालमा कति परिवारका भाषाहरु बोलिन्छन् ? – ४ परिवार
👉 “पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन” कृति कसले लेखेका हुन् ? – भगेश्वर पंगेनी
👉 ‘लक्ष्मीपूजा’ पुस्तक कसले लेखेका हुन् ? – कवि शिरोमणि लेखनाथ पौड्याल
👉 बाङ्मय सूची कसले प्रकाशन गर्दछ ? – नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
👉 ‘बागिना’ (बाजा, गीत, नाच) केसँग सम्बन्धित छ ? –संगीतसम्बन्धी पत्रिका
👉 गोरखापत्रको प्रकाशन कहिलेदेखि शुरु भयो ? –वि.सं. २०५८ बैशाख २४
👉 नेपाली साहित्यमा युगकवि भन्नाले कुन कविलाई बुझाउँछ ? –सिद्धिचरण श्रेष्ठ
👉 नेपाली भाषाको लिपी कुन हो ? –देवनागरी
👉 मदन पुरस्कार प्राप्त गर्ने भू.पु. प्रधानमन्त्री को हुन् ? – लोकेन्द्रबहादुर चन्द
👉 महाकवि लक्ष्मीप्रसाद देवकोटालाई मृत्युपर्यन्त दिइएको पुरस्कार कुन हो ? – त्रिभुवन प्रज्ञा पुरस्कार
👉 चिसो चुल्हो का लेखक को हुन् ? –वालकृष्ण सम
👉 गुन केशरी का लेखक को हुन् ? –भवानी भिक्षु
👉 भोको घर का लेखक को हुन् ? –गोविन्दबहादुर गोठाले
👉 साझा पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ? –वि.सं. २०२६ सालदेखि
👉 गौरी का लेखक को हुन् ? –माधव प्रसाद घिमिरे
👉 बैकुण्ठ एक्सप्रेसका लेखक को हुन् ? – मोहनराज शर्मा
👉 नेपाली भाषालाई भारतीय संविधानको कति औं अनुसूचीमा समावेश गरिएको छ ? –आठौं
👉 नेपालभित्रैबाट नेपाली भाषामा प्रकाशित पहिलो साहित्यिक पत्रिका कुन हो ? –सुधा सागर
👉 शुरुमा साप्ताहिक रुपमा प्रकाशित हुने गोरखापत्र पत्र कहिलेदेखि दैनिक रुपमा प्रकाशित हुन थाल्यो ? – वि.सं. २०१७ फाल्गुण ७
👉 गोरखा भाषा प्रकाशिनी समितिको स्थापना कहिले भएको हो ? –वि.सं. १९६९
👉 एस्.एल.सी. बोर्डको पहिलो परीक्षा नियन्त्रक को हुन् ? –नन्दराम उप्रेती
👉 नेपालको प्रथम जननिर्वाचित शिक्षामन्त्री को हुन् ? –परशुनारायण चौधरी
👉 त्रिचन्द्र कलेजको स्थापनाको नाम के थियो ? –त्रिभुवन चन्द्र कलेज
👉 शुरुमा त्रिचन्द्र कलेजको सम्बन्धन कोसँग थियो ? –पटना विश्वविद्यालय
👉 प्रसिद्ध नेवारी उपन्यास गँकी का लेखक को हुन् ? –धुँस्वा सायमी
👉 त्रिभुवन विश्वविद्यालयको स्थापना कहिले भयो ? – वि.सं. २०१६
👉 नेपालमा एस.एल.सी. बोर्डको स्थापना कहिले भयो ? – वि.सं. १९९०
👉 दरबार हाइस्कुलका प्रथम नेपाली हेडमास्टर को हुन् ? –रुद्रराज पाण्डे
👉 कति उमेरकालाई प्रौढ शिक्षा दिइन्छ ? –१५ वर्षदेखि ४५ वर्ष
👉 नेपालमा प्राथमिक शिक्षा निःशुल्क कहिले घोषणा गरियो ? –वि.सं. २०३१ फाल्गुण १२
👉 नेपालमा महिला शिक्षाको सुरुवात कसले गरे ? –वीर शमशेर
👉 काठमाण्डौ बाहिर खुलेको पहिलो कलेज कुन हो ? –ठाकुररामा कलेज, वीरगञ्ज
👉 काठमाण्डौ बाहिर खुलेको पहिलो नेपाली स्कूल कुन हो ? –आदर्श विद्यालय, विराटनगर
👉 त्रिचन्द्र कलेजमा आइएस्सीको पढाइ शुरु कहिलेदेखि भयो ? –वि.सं. १९७७ देखि
👉 जनक शिक्षा सामाग्रीको स्थापना कहिले भएको हो ? –वि.सं. २०११ भदौ २४ गते
👉 त्रि.वि.वि.ले कहिलेदेखि नेपाली भाषामा परीक्षा लिन थाल्यो ? –वि.सं. २०१८ बैशाख ३० गतेदेखि
👉 शिक्षा आर्जन पछि गृह प्रवेश गर्ने महिलालाई प्राचीन कालमा के भनिन्थ्यो ? –सद्योवधु
👉 नेपालमा एस.एल.सी. परीक्षाको शुरुवात कसको पालामा भएको हो ? –जुद्ध शमशेर (वि.सं. १९९०)
👉 वि.सं. १९६९ मा गोरखाभाषा प्रकाशिनी समितिको स्थापना गर्ने को हुन् ? –चन्द्र शमशेर
👉 त्रिचन्द्र कलेजको स्थापना कहिले भएको हो ? –वि.सं. १९७६ सालमा
👉 सत्कर्म रत्नावली कसको कृति हो ? –गिर्वाण युद्ध विक्रम शाह
👉 नेपाली साहित्यमा आदि कवी भानुभक्त हुन् भने राष्ट्रकवि ? - माधवप्रसाद घिमिरे
👉 युग कवि भनेर कस्लाई चिनीन्छ? - मोतिराम भट्ट
👉 संगित शिरोमणी भनेर कस्लाई चिनीन्छ? - यज्ञराज शर्मा
👉 वाद्य शिरोमणी भनेर कस्लाई चिनीन्छ? गणेशलाल श्रेष्ठ

Labels:

केही रोचक तथ्यहरु


निर्मल सुनुवार 


👉 खगोलशास्त्रीहरुको अनुमान अनुसार अन्तरिक्षमा लगभग एक अर्ब ब्राम्हान्ड र प्रत्येक ब्रम्हाण्डमा करोडौ सौर्यमण्डल छन ।
 👉 अन्तरिक्षमा खरबौ ताराहरु छन एक अनुमान अनुसार प्रति मिनेट १५०० ताराको दरले गन्दा खेरी सम्पूर्ण तारहरु गन्न ७०० बर्षको समय लाग्छ ।
👉 संसारको कुल क्षत्रफलको ७१ प्रतिशत भुभाग पानीले ढाकेको छ ।
 👉 अन्य प्राणीको तुलनामा उँट धेरै दिनसम्म पानी नपिईकन बांच्न सक्छ तर पानी बिना त्यो भन्दा लामो समय सम्म बाँच्न सक्ने प्राणी मुसा हो ।
👉 पानी जहाजको गति तातो पानीको तुलनामा चिसो पानीमा बढी तेज हुने गर्छ ।
👉 हावामा ध्वनि तरँग ३०० मिटर प्रतीसेकेण्ड्का दरले यात्रा गर्छ भने पानीमा त्यही तरँग १५०० मिटर प्रति सेकेण्डका दरले यात्रा गर्छ ।
 👉 शँखकिरा आफ्नो जीवन कालमा एकै पटक मात्रा सेक्स गर्छ तर यो कृया लगातार १२ घण्टा सम्म जारी रहन्छ ।
👉 एशियाको सबभन्दा गर्मि हुने देश"इजराइल"हो ।
👉 नाच हेर्दा-हेर्दै मृत्यू हुने राजा"प्रताप मल्ल"हुन् ।
👉 जोर्डनको"फिलिप्स"नदीमा माछा पाइदैन ।
👉 पुलिस र जेल नभएको देश"आइसल्याण्ड"हो ।
👉 जन्मिदा खेरी पान्डा एउटा मुसा भन्दा पनि सानो हुन्छ र उसको वजन लगभग ४ औँसको हुन्छ ।
👉 बिरालो र कुकुरहरु पनि मानिसहरु जस्तै बाँयाहाते र दाँया हाते हुन्छन ।
 👉 जिराफले आफ्नो २१ इन्च लामो जोब्रोको कारणले आफ्नो कान आँफै सफा गर्न सक्छ ।
👉 गोहीले आफ्नो जिब्रो निकाल्न सक्दैन।
👉 सबै किसिमका धुर्बिय भालुहरु बाँया हाते हुन्छन ।
👉 चिप्ले किरा ३ बर्ष सम्म केही नखाएर सुत्न सक्छ ।
👉 हाती नै एस्तो जनावर हो जो कहिले पनि उफ्रिन सक्दैन ।
👉 २ वटा मुसाले १८ महिना मा कारीब १ लाख बँश बढाउन सक्छ ।
 👉 आफ्नो साँस आँफैले रोकेर आफुले आँफैलाई मार्न असम्भब छ ।
👉 Iceland मा कुकुर पाल्नु कानुनको विपरीत मानिन्छ ।
 👉 मानिसको मुटुको धुकधुकी एक दिनमा १,००,००० पल्ट धड्किन्छ ।
 👉 University of London मा गरिने सबै important meeting हरुमा "Jermy Bentham" को कँकाल (skeleton) को उपस्थिती गराइन्छ ।
👉 दाँया हाते मानिस average मा बाँया हाते मानिसहरु भन्दा ९ बर्ष बढी बाँच्छन ।
👉 मानिसको फोक्सोलाई नसाहरुको समुह भन्दा पनि फरक पर्दैन किनकी यसमा साना र ठुला गरि ३०० अर्ब वटा जति नसाहरु हुन्छन ।
👉 जाइजेन्टेक्स" नामक माछा टर्चलाइट जस्तो उज्यालो पार्दै पौडी खेल्दै हिड्छ ।
👉 नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर हो।
 👉 ईंग्लिश शब्दहरु मध्य "set" शब्दको सबैभन्दा धेरै परिभाषा हुन्छ ।
 👉 Alphabetical order मा भनेको सबै भन्दा लामो ईंग्लिश शब्द "Almost" हो ।
 👉 Vowel बिनाको लामो शब्द "Rhythm" हो ।
👉 साङ्ग्ला आफ्नो टाउको काटिए पनि धेरै हप्ता सम्म बाँच्न सक्छ ।
 👉 मानवको thigh को हड्डी concrete भन्दा पनि बलियो हुन्छ।
👉 मानिसको औसत समय कसरी बित्छ त ? मानिसको औसत आयु भनेको लगभग ६५ देखी ७० बर्ष हो र यति उमेर भित्र मानिसले के के गरेर समय बिताउदो रहेछ त? तल लेखिएका बुदाँहरु हेरौ र हामी पनि बिचार गरौ कि यो देखी बाहेक अरु पनि केही गर्ने कि ?
 1) करिब २० देखी २५ बर्षसम्म सुतेर
 2) करिब १५ बर्षसम्म काम गरेर
 3) करिब ६बर्षसम्म खानपिन गरेर
 4) करिब ८ बर्षसम्म मनोरन्जन गरेर
 5) करिब ५ बर्षसम्म लुगा लगाउने , सरसफाई गर्ने र दार्ही काट्ने काम गरेर
 6) करिब ३ बर्षसम्मबिरामी परी ओछ्यानमै सुतेर
 7) करिब ७० दिन ऐना हेरेर
 👉 फिन्ल्यान्डमा डोनाल्ड डक कमिक्सलाई प्रतिबन्ध लगाइयो किनकी डोनाल्ड डक नामक पात्रले पेन्ट लाउदैनथ्यो ।
👉 cockroach सँग बिकिरण सँग लड्न सक्ने धेरै क्षमता हुने हुनाले केही गरी परमाणु युद्ध भएमा cockroach नै एक मात्र जिवित हुने सम्भावना छ ।
👉 एक मिनेटमा करिब ८ लाख कोषिका मानिसको शरीर बाट मर्छन भने त्यतिकै मात्रामा कोशीका बन्छन पनि । ६ प्रत्यक बर्ष चन्द्रमा प्रीथ्बी बाट ३. ८२ cm टाढा गैरहेको छ ।
👉 कोकाकोलाको रंग पहिला हरियो थियो ।
👉 विश्वमा सबै भन्दा मिल्ने नाम"मोहम्मद" हो ।
 👉 मानिसको शरीरको सबै भन्दा बलियो मसल जिब्रो हो ।
👉 अमेरिकामा प्रत्यक मानिस सँग २वटा क्रेडिट कार्ड छ ।
👉 कि बोर्ड को एकै पँक्तीको अक्षर बाट बनेको शब्द TYPEWRITER नै सबै भन्दा लामो शब्द हो ।
👉 एउटै व्यक्त्ति राजा, प्रधानमन्त्रि, अनि राष्ट्रपति हुने"कम्बोडियाको नरोद्धम सिंहानुक"हुन् |
👉 एकै चोटी एकातिर रात र अर्को तिर दिन हुने देश "मस्को"
 👉 हातीको मुटु एक मिनेटमा लगभग ३०० पल्ट धड्कन्छ ।
👉 संसारमा मानिसहरुको मृत्यु सर्पले टोकेर भन्दा माहुरीले टोकेर हुने गरेको छ ।
👉 धेरै मानिसहरुलाई अरु खाना बाट बन्दा गाईको दुधले एलर्जी भएको पाईन्छ ।
👉 उडेको बालुवाबाट रक्षा गर्ने उँटको ३ वटा परेला हुन्छ ।
👉 गधाको आँखा टाउकोमा यस्तो स्थानमा छ जहाँ बाट उसले आफ्नो चारैवोटा खुट्टा एकै पल्ट देख्न सक्छ ।
👉 संयुक्त राष्ट्र सँघको ६ वटा अधिकारिक भाषाहरु English, French, Arabic, Chinese, Russian र Spanish हो ।
👉 संसारको सबै भन्दा ठूलो जीव निलो व्हेल(२५टन देखि भारी) हो।
👉 संसारमा सबै भन्दा अधिक पशुभारतमा छन्।
👉 सबै भन्दा सुस्त जनावर दक्षिण अमेरिकाको स्लाथ हो।
👉 सबै भन्दा सानो पक्षी हमिगवर्ग हुन्छ,जसको वजन डेढ ग्राम हो।
👉 सबै भन्दा खतरनाक पक्षी कैसोबरी बर्ड ( आस्ट्रेलिया) हो।
👉 सबै भन्दा ज्यादा उडने पक्षी आर्कटिक टर्न पक्षी हो।
👉 सबै भन्दा छिटो रफ्तार वाला पक्षी बाज हो।
👉 गोर्खा राज्यका सस्थापक द्रब्य साह हुन् |
👉 रामसाह र द्रब्य शाह नाति बाजे हुन् |
👉 बिस्वका व्यक्ति ओलिभर क्र्म्बेल उसलाई मरेपछि पनि झुंन्डाइएको थियो उनि बेलायति हुन् |
👉 नेपालको झण्डा मा भएको अर्धचन्द्र ले हिन्दु सभ्यता सस्कुतीको संकेत गर्छ |
👉 भ्यागुताका लगभग १००० ओटा पर्जाती पाइन्छ
👉 मुटु एक मिनेटमा ७२ पटक खुम्चने र फैलने गर्छ
👉 हाडमा सबै भन्दा धेरै क्याल्सियम र फस्फोरस तत्व रहेको हुन्छ
👉 मेवामा ३३ % भिटामिन सी पाइन्छ
👉 मानब सरिर मा जम्मा १० ओटा गर्न्थी छन्
👉 एक पटक भन्दा बढी अन्डा नपार्ने पन्छी काग{कौवा} हो
👉 सबै भन्दा बढी बच्ने जीव कछुवा हो
👉 हाडमा सबै भन्दा धेरै क्याल्सियम र फस्फोरस तत्व रहेको हुन्छ
👉 मेवामा ३३ % भिटामिन सी पाइन्छ
👉 मुटु एक मिनेटमा ७२ पटक खुम्चने र फैलने गर्छ






Labels: