//

Ads

मानव जीवनको रहस्य



मानिसको जिन्दगी रहस्यपूर्ण छ । जसले यो जिन्दगीको रहस्यलाई हृदयदेखि नै चिन्न सके र बदल्न सके उनीहरूले आफ्नो जिन्दगीलाई रोशन गर्न सके । हाम्रो जिन्दगीमा जस्तोसुकै परिस्थिति आओस् त्यसलाई हामीले नै आफ्नो जीवनमा आकर्षित गरेका हुन्छौं । त्यो चित्रद्वारा हामीतर्फ आकर्षित भएको हुन्छ । त्यो चीज हाम्रो मस्तिष्कमा रहिरहेको हुन्छ र त्यही प्रकट भएर आउँछ । हाम्रो मस्तिष्कमा जे सोंच आउँछ त्यसलाई अरु कसैले नभएर आफैले आफूतर्फ आकर्षित गरिरहेका हुन्छौं । जु"तपाईंको हरेक विचार एउटा वास्तविक बस्तु हो । एउटा शक्ति हो ।"
त्यसैले त यस कुरालाई कसैले संगीतमा व्यक्त गरेका छन् । कसैले चित्रकारितामा कसैले साहित्यमा कसैले गणितमा कसैले पत्रकारितामा त कसैले विज्ञानमा ।यसैको कारण उनीहरू अमर छन् । उनीहरूको महानता सदियौं पछि पनि कायम छ । यो रहस्य धर्ममा पनि हुन्छ गौतम बुद्ध, क्राइस्ट आदिबाट यस कुराको पुष्टि हुन्छ । जो मानिसहरूले यो रहस्यलाई हासिल गर्न चाहन्थे उनीहरूले यसलाई प्राप्त गरी छाडेको देखिन्छ ।
यो रहस्यको प्रयोगले मानिसहरूले आफ्नो जीवनमा प्रसस्त शिक्षा र ज्ञान हासिल गरेका छन् । उनीहरूले यो थाहा पाएर या थाहा नपाइकनै अन्जानमा हासिल गरेका किन नहुन् । यी व्यक्तिहरूले आफ्नो दिमागमा कुनै विरोधि विचारको जरो उमारेनन् । उनीहरूको सबैभन्दा प्रबल विचार शिक्षाको बारेमा हुन्थ्यो । शिक्षकै विषयमा सोच्ने गर्थे । उनीहरूको दिमागमा यो बाहेक अरु केही थिएन । शिक्षासम्बन्धी प्रवल विचारका कारण नै शिक्षा आफूतिर आकर्षित हुन्छ भन्ने कुरा उनीहरूलाई थाहा थियो । यो सकि्रय सकारात्मक आकर्षण को नियम हो । हामीहरू शिक्षा सम्बन्धी सकारात्मक विचारलाई मानसिक जीवनमा भारि बनाउनु पर्छ । अनि त चाहेजस्तो शिक्षा प्राप्त गर्न सकिन्छ र सोचेजस्तो नतिजा ल्याउन सकिन्छ । समान चिजले समान चिजलाई आकर्षित गर्छ राम्रो विचारले राम्रो विचारलाई आकर्षित गर्छ । तपाईंको विचारजस्तै अन्य विचारहरू पनि आकर्षित हुन्छन् ।
हामी के चाहन्छौं भन्ने बारेमा स्पष्ट हुनु जरुरी हुन्छ । हामी जुन विषयमा धेरै सोच्ने गर्छौं त्यही बनिरहेका हुन्छौं । हामी जो व्यक्ति वा बस्तुको बारेमा सबैभन्दा बढी सोच्छौं त्यसलाई आफूतर्फ आकर्षित पनि गरिरहेका हुन्छौं ।
जीवनका हरेक क्षेत्रको बारेमा हाम्रो प्रवल विचार के हो यदि हामी आफ्नो दिमागमा कुनै चीज देख्न थाल्छौं भने त्यो हातमा आउँछ । ूविचार बस्तु बन्दछ ।" यी तीन सरल शब्दको काक्यलाई बारम्बार दोहोर्याइरहेमा यसलाई आफ्नो चेतनामा अनि जागरुकतामा उतार्न सक्यौं भने विचार बस्तुमा परिणत हुन्छ । हाम्रो सुन्दर विचारले सुन्दर संसारको रचना गर्छ । हामीद्वारा प्रसारित हुने राम्रो विचार गाउँ शहर देश र संसारभन्दा टाढा पुग्छ । सारा ब्रहं्रमाण्डमा नै गुाजयमान रहन्छ । यदि हामी आफ्नो जीवनको कुनैपनि चीजलाई बदल्न चाहन्छौं भने सुरुमा आफ्नो विचार बदल्नु आवश्यक हुन्छ । भनिन्छ-मानसिक शक्तिको कम्पन ब्रह्रमाण्डमा सर्वश्रेष्ठ एवम् सबैभन्दा शक्तिशाली हुन्छ । आज मानिस चन्द्रमा चुम्न सफल हुनु र संसारमा ठूला ठूला उपलब्धिका पछाडि मानसिक शक्तिको कम्पनकै कारण भएको मान्न सकिन्छ । अन्यथा यो सम्भव हुने थिएन । महाकवि लक्ष्मीप्रसाद देवकोटा महाकवि हुनु पारिजात र झमक घिमिरेले मदन पुरस्कार प्राप्त गर्ने हैसियतका कृतिहरू प्रकाशन गर्न सक्नुका पछाडि मानसिक शक्तिको कम्पनले नै काम गरेको होइन र ?
हामीले आफ्नो जीवनमा नराम्रोको सट्टा राम्रो चीजलाई आकर्षित गर्न सक्नु पर्छ । मानिसहरू मनले मागेको चीज नपाउनुको एकमात्र कारण छ भने उनीहरू आफू के चाहन्छु भन्दा पनि के चाहन्न भन्ने बारे धेरै सोच्ने गर्दछन् । जीवनमा के बन्ने हो भन्ने भन्दा पनि के नबन्ने हो भन्ने तर्फ बढि चासो र समय खर्चिन्छन् । जसको फलस्वरुप लक्ष्य प्राप्ति हुन सक्दैन । हामीले आफ्ना विचारहरूलाई ध्यान दिएर मनन गर्नुपर्ने हुन्छ नराम्रो विचारको सट्टा राम्रो विचारलाई आर्कषित गर्नुपर्दछ । हामी जे बन्नु छ त्यसतर्फ ध्यान दिनुपर्दछ । जे बन्नु छैन ध्यान दिनु हुँदैन । मानिसमा कमी कमजोरी हुन्छन् । जुन कमी कमजोरी मानिसको विचारको कारणबाट नै जीवनमा हात लागेका हुन्छन् । त्यसैले हाम्रो लक्ष्यमा आफूले चाहेको कुरामा एकाग्र भएर रहन सक्यौं भने बह्रमाण्डको सबैभन्दा प्रशलशक्तिबाट आफ्नो मनले चाहेको चीजलाई पाउन सक्छौं ।
हामी सुत्नुभन्दा अगाडि राम्रो विचार सोच्नु पर्दछ जीवनमा जे चाहिरहेका हुन्छौं त्यो पाएरै छोड्ने छौं । हाम्रो विचार भनेको विऊ हो । हामी जे बाली उब्जाउनु छ त्यो हाम्रो विऊमा निर्भर गर्दछ । आफ्नो मनले चाहेको चिजमा ध्यान केन्द्रत गरौं त्यस्ता चिजमा ध्यान दिन छाडिदिउँ जो हाम्रो मनले राम्रो भन्दैन । हाम्रो जिन्दगी हाम्रै हातमा हुन्छ । हामी चाहे यसवेला जुनसुकै ठाउँमा भए पनि हाम्रो जीवनमा चाहे जे सुकै घटना भएको भए पनि हामी ठीक यसै क्षण विचार बदलेर आफ्नो जिन्दगी बदल्ने सुरुवात गर्न सक्छौं । यसो भयो भने हाम्रो जीवनको हरेक परिस्थिति फेरिन सक्छ । सकारात्मक विचार नकारात्मक विचार भन्दा कैंयौ गुणा शक्तिशाली हुन्छ । त्यसैले अब आफैले आफ्नै हृदयसामु घोषणा गर्नु पर्छ कि -मेराे सबै राम्राे विचार शक्तिशाली छन् र नराम्राे विचार कमजोर छन् भनेर ।
मानिसका मनमा विचारहरू आउनु अनि ती साकार हुनुको बीचमा समयावधि हुन्छ । समय लाग्दछ । सबै विचार तत्काल यथार्थ पनि हुंदैनन् । जसरी राम्रो बीऊ रोपेर बाली भित्र्याउन समय लाग्दछ । यदि हाम्रो मनमा नकारात्मक विचार छ जुन साकार भए हाम्रो जिन्दगीमा लाभ होइन हानी नै हानी हुन्छ भने हामी यसैक्षण विचार बदलेर सकारात्मक बाटोमा लाग्न सक्छौं । हाम्रो वर्तमान विचारले हाम्रो पछि आउने सारा जिन्दगीको निर्माण गर्छ । त्यसैले हामी जुनकुराको बारेमा सबैभन्दा बढी सोच्ने सम्झने प्रयास गर्दछौं र त्यही कुरामा आफ्नो ध्यान केन्द्रित गर्दछौं भने त्यो कुरा प्राप्त भइ छाड्छ । कुनै पनि चीच हाम्रो जीवनमा तबसम्म प्राप्त हुँदैन जबसम्म हामी लगातार सोंचेर त्यसलाई आफ्नो समिपमा बोलाउंँदैनौं । त्यसैले हामी स्वयमलाई बदल्न सक्छौं । आफ्नो भाग्यको मालिक आफै बन्न सक्छौं ।





Post a Comment

0 Comments

JlPT N5 Class Test