Saturday, 8 June 2019

साना साना नानी


साना साना नानी


-निर्मल सुनुवार 
साना साना नानी तिमी आकाशका तारा
झिल्मिलाई चम्किरहने सधैँ हाम्रा प्यारा।

आफ्नो पराई नछुट्याई माया गर्छौ सबैलाई
तिम्रो प्यारो बानीले मख्ख पार्छ सबैलाई ।

साना साना नानी तिमी आकाशका तारा
सबैले माया गर्ने बनि दिन्छौ प्यारा ।

फूलवारीमा रमाई रमाई नाच्ने पुतलीलाई
टिप्नु हुन्न सुन्दर ती फूलवारीका फूललाई

साना साना नानी तिमी आकाशका तारा
माया गर्छन् तिमीलाई नानी भन्दै सारा ।

साना साना नानी तिमी आकाशका तारा
झिल्मिलाई चम्किरहने सधैँ हाम्रा प्यारा ।।


Labels:

0 Comments:

Post a Comment

If you Have any doubt/question please let me know. Thank you

Subscribe to Post Comments [Atom]

<< Home