Nursing care skill note day4 part2 first day upto आवश्यकता
मन र मस्तिष्कः व्यक्तिकाे स्वभाव, हालसम्मको दैनिक जीवनयापन,
शिक्षा तथा आफ्नो वरिपरीको वातावरण आदि जस्ता कुराहरुले गर्दा भावना,
विचार गर्ने तरिका र आफ्नो विचार तथा भावना व्यक्त गर्ने तरिका मान्छे
अनुसार फरक फरक हुन्छ । मन र मस्तिष्कमा भईहेको कुराहरु अनुहारको
हाउभाउर व्यवहारमा देखिन्छ । उमेरसँगै महसुस गर्ने कुरा र विचार गर्ने
तरिका परिवर्तन भई जोस र जाँगरको रुपमा देखा पर्छ । उमेर बढेसँगै जोस र जाँगर हराउदै जान्छ ।
जोस र जाँगरः केहि काम गर्नको जागि उत्साहित हुने भावना नै जोस र
जाँगर हो । प्रयोगकर्तालाई उत्कृष्ट सेवा प्रदान गर्नको लागि हेरचाह कर्तामा
जोस र जाँगरको आवश्यकता पर्दछ ।
स्ट्रेस/तनावः बाहिरि वातावरण तथा थकान, निद्राको कमि, चिन्ता,
डर, अरु मान्छेसँगको सम्बन्ध अर्थात मानसिक तथा सामाजिक कुराहरुको
कारण मस्तिष्कमा हुने नकारात्मक असर नै तनाव हो ।
यादः कुनैपनि कुरा स्मरणमा रहिरहनुलाई याद भनिन्छ ।
यादका प्रकारहरः
*प्रासङ्गिक यादः अनुभव तथा सम्झना सम्बन्धि याद
*अर्थगत यादः ज्ञान सम्बन्धि याद
*प्राईमिङ यादः चालै नपाई याद भएको कुरा
*प्रकृयात्मक यादः शरीरले याद गरेको कुरा
आवश्यकताः केहि कुरा चाहिएको अवस्थालाई आवश्यकता भनिन्छ ।
आवश्यकता सम्बन्धि मास्लोको ५सिद्धान्तः
*शारीरिक आवश्यकताः बाँच्न चाहने आवश्यकता ( गाँस, बास, कपास)
*सुरक्षा आवश्यकताः आफुलाई सुरक्षित राख्न चाहने आवश्यकता
*प्रेम तथा आवद्धता आवश्यकताः सम्बन्ध बनाउन चाहने आवश्यकता
*अहम आवश्यकताः सम्मान चाहने आवश्यकता
*आत्मसन्तुष्टि आवश्यकताः आफुले गर्न चाहेको कुरा सक्दो गरेर देखाउन चाहने आवश्यकता
Labels: all post, Note, Nursing Care
0 Comments:
Post a Comment
If you Have any doubt/question please let me know. Thank you
Subscribe to Post Comments [Atom]
<< Home