फलफूल खानु नै लाभदायक
व्यस्त जीवनशैलीमा धेरैजसो मानिस फलफूल खाएर बस्नुभन्दा जुस निकालेर
पिउँछन् । यसले समयको बचत हुन्छ । बिहानै जुस पिउँदा शरीरको विकार
निस्कन्छ भन्ने धेरैको बुझाइ छ । फलफूल खाए त्यसमा भएको फ्रक्टोजका
साथै फाइबरसमेत प्राप्त हुन्छ । फाइबरलाई टुटाउन र रगतमा घुल्न समय
लाग्छ ।
जुस पिउँदा फाइबर छुट्टिन्छ र फ्रक्टोज तथा केही भिटामिन मात्र
शरीरमा जान्छ । फलफूलको रस मात्र पिउँदा द्रुत रूपमा फ्रक्टोज रगतमा
मिल्छ । यसले रगतमा चिनीको मात्रा एक्कासि बढाउँछ ।
केही वर्षअघि
गरिएको एक अध्ययनमा फलको जुस पिउनुको सीधा असरका रूपमा
टाइप टु डायबिटिज भएको पाइएको थियो । फलफूलको जुस धेरै पिउनु
हानिकारक हुनुका साथै त्यसले मोटोपनको समस्यासमेत सिर्जना गर्ने
बताइन्छ ।
धेरैले शरीरमा भएको विकार बाहिर निकाल्छ भनेर जुस
पिउँछन् । यद्यपि जुसबाट भन्दा पनि फलफूलबाट त्यस्तो विकार बाहिर
निस्कन्छ । फलफूल खाँदा पेट अघाएको महसुस हुने भएकाले
कार्बोहाइड्रेडको मात्रा कम गर्नसमेत सहयोग पुग्छ ।
- Nirmal Qtc 👍🏻
Labels: all post, importance of fruit
0 Comments:
Post a Comment
If you Have any doubt/question please let me know. Thank you
Subscribe to Post Comments [Atom]
<< Home