Thursday, 28 March 2019

माफ गर्नुहोस् र बिर्सनुहोस्. - निर्मल सुनुवार




म एकदमै स्वार्थी मानिस हुँ, किनभने म सधैं खुशी हुन चाहन्छु ।
आफ्नो यसै लक्ष्यलाई ध्यानमा राखेर म क्षमा गर्ने र बिर्सने सिद्धान्तको पालना गर्छु । यो एउटा मन्द प्रक्रिया हो । प्रत्येक व्यक्तिले आफ्नो फैसला आफै गर्नु पर्छ । सम्झी रहनु राम्रो कुरा भएता पनि कतिपय अवस्थामा बिर्सनुपनि राम्रो हुन्छ ।
बदला लिने भनेको ठीक त्यस्तै हो जसरी तपाईं आफूलाई टोक्ने कुकुरलाई टोक्नु हुन्छ । तपाईले त्यो कुरालाई याद राख्नुपर्छ तर त्यो कुकुर ले तपाईलाई फेरि नटोकोस् भनेर मात्र । कुकुरलाई टोक्न जानुको बदलामा त्यस घटनाबाट शिक्षा लिनुहोस् ।
अरूले तपाईं लाई माफी नदिएपछि तपाईंले म चाहि अरूलाई किन माफी दिने भनेर प्रश्न गर्नु स्वभाविकै छ । ठीकै छ ! यदि तपाईंलाई त्यस तीतोपनामा घोलिएर बस्ने मन छ भने तपाईं त्यसो गर्न सक्नुहुन्छ जस्तो कि मैले पहिले नै भनिसकेको छ कि म स्वार्थी मानिस हुँ र सधैं खुशीरहन चाहन्छु । त्यसैले व्यर्थका कुराहरुमा म ध्यान दिन्न ।
यदि तपाईं आफ्नो साथीहरूलाई क्षमा गर्नुभएन भने एक दिन तपाईंका कुनै साथी नै रहने छैन । यदि तपाईं व्यापारी हो भने तपाईँको ग्राहकहरू हुने छैनन् । यस्ता अनेकौं मानिसहरू हुन्छन् जो आफू माथि भएको ज्यादतीलाई बिर्सन कुनै पनि हालतमा तयार हुँदैनन् । यहाँसम्म कि
कोहीले त आफ्ना आमा-बाबुलाई पनि छोड्दैनन् र केही आमा-बाबुले न त आफ्ना सन्तानको गल्ती हरु लाई माफ गर्न सक्छन् न नै तिनीहरूलाई बिर्सन सक्छन् ।
यस्तो स्थितिमा तपाईले विवेकपूर्ण ढङ्गले कॉम गर्नु पर्छ । यस्तो गरेर मात्र तपाईं सही अर्थमा खुशी रहन सक्नुहुन्छ । समय र परिस्थितिअनुसार काम गर्नु एउटा यस्तो कवच हो जसले हामीलाई यस्तो उचाईमा लैजान्छ। जहाँ हामीतर्फ फ्याँकिएका ढुङ्गाले पनि हाम्रो केही बिगार गर्न सक्दैन ।
बिर्सनु र माफ गरिदिनुको सट्टामा बदलाको भावनाले तपाईँलाई बडी हानि पुर्‍याउँछ ।
क्षमा गर्नु नै प्रसन्नता हो । त्यसैले माफ गर्नुहोस् र बिर्सनुहोस् । यो एकदमै साधारण कुरा हो । तर साधारणतया हामी साधारण काम गर्न चाहँदैनौं । जति–जति हामी सफल हुँदै जान्छौं त्यति नै हामीले आफ्नो जीवनलाई जटिल बनाउँदै जान्छौं । आफूलाई वा अरूलाई माफ गर्ने फैसला कुनै पनि अरू फैसला जस्तो नै हो । तपाईंले आँखा झिम्कनेबित्तिकै
यस्तो गर्न सक्नुहुन्छ वा फेरि वर्षोंसम्म दु:ख र ईष्र्या झेलेपछि यस्तो गर्न सक्नुहुन्छ । यो कुरा तपाईमा नै निर्भर रहन्छ । नि:संदेह अरूलाई क्षमा गर्न कठिन हुन्छ र आफूलाई माफ गर्न त अझ बढी कठिन हुन्छ । तरहामीहरूले हरेक स्थितिमा विश्लेषण गर्नु आवश्यक छ।
         

 "म आफ्नो मन दुखाउनुको सट्टा त्यो व्यक्तिलाई माफ गर्छु
जसको व्यवहार मप्रति गलत थियो । र मैले यसरी मात्र खुशी प्राप्त गर्न सक्छु ।" 


                                                                                     - निर्मल सुनुवार 



Labels: , ,

फलफूल खानु नै लाभदायक

व्यस्त जीवनशैलीमा धेरैजसो मानिस फलफूल खाएर बस्नुभन्दा जुस निकालेर

 पिउँछन् । यसले समयको बचत हुन्छ । बिहानै जुस पिउँदा शरीरको विकार 

निस्कन्छ भन्ने धेरैको बुझाइ छ । फलफूल खाए त्यसमा भएको फ्रक्टोजका 

साथै फाइबरसमेत प्राप्त हुन्छ । फाइबरलाई टुटाउन र रगतमा घुल्न समय 

लाग्छ । जुस पिउँदा फाइबर छुट्टिन्छ र फ्रक्टोज तथा केही भिटामिन मात्र 

शरीरमा जान्छ । फलफूलको रस मात्र पिउँदा द्रुत रूपमा फ्रक्टोज रगतमा 

मिल्छ । यसले रगतमा चिनीको मात्रा एक्कासि बढाउँछ । केही वर्षअघि 

गरिएको एक अध्ययनमा फलको जुस पिउनुको सीधा असरका रूपमा 

टाइप टु डायबिटिज भएको पाइएको थियो । फलफूलको जुस धेरै पिउनु 

हानिकारक हुनुका साथै त्यसले मोटोपनको समस्यासमेत सिर्जना गर्ने 

बताइन्छ । धेरैले शरीरमा भएको विकार बाहिर निकाल्छ भनेर जुस 

पिउँछन् । यद्यपि जुसबाट भन्दा पनि फलफूलबाट त्यस्तो विकार बाहिर 

निस्कन्छ । फलफूल खाँदा पेट अघाएको महसुस हुने भएकाले 

कार्बोहाइड्रेडको मात्रा कम गर्नसमेत सहयोग पुग्छ ।

                                                                                     
            - Nirmal Qtc 👍🏻 

Labels: ,

Tuesday, 26 March 2019

आमा - निर्मल सुनुवार



आमा 
          

                                                                                            ***निर्मल सुनुवार***

प्राणी मात्रको सबभन्दा नजिक र प्रिय आमा नै हुन् गर्वअवस्था देखि आजीवन अविरल र 
निश्वार्थ हित चाहनाले आमालाई मायाकी खानी पनि भनिन्छ । शृष्टि, पालन, संरक्षण, शिक्षा तथा सांस्कृतिप्रदान गर्ने आमा नै वास्तविक सर्वश्रेष्ठ प्राणी हुन् । प्रकृतिले आमा र उनी भित्र माया नदिएको भए जीव सृष्टिबाट नै ठुलो प्रभाव पर्ने थियो होला । सम्पूर्ण जीव जगतको अध्ययनमा ठुला देखि सानासम्म जीवको आमाले सन्तानको हित सम्रक्षणका लागि जस्तो सुकै जोखिम उठाइएको उदारहणहरू पाइने गर्दछन ।यस्तो काम गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरेका हुन्छन किनकि आमा नै शृष्टि गर्नका लागि ईश्वरकि प्रतिनीधि हुन् । जसरी सानो चरो चिलसँग र सानो जनावर पनि सिंहसँग लड्न तयार हुन्छ । मनुष्यमा पनि आमा सन्तानको लागि हृसक जनावर, आगो, पानी, चोर डाका आदिसँग लड्दा लड्दै प्राणको आहुति दिएर पनि सन्तानको रक्षा गर्दछिन। बास्तबमै आमा श्रद्धय र मायाकी खानी हुन् । जुन सुकै प्राणीको जन्म आमाको कोख बाहेक सम्भव नै छैन । जसको कारणबाट प्राणीले जीवनको स्वाश लिन्छ अनि यही जीवनबाट यो संसारमा आँखा खोल्दै जीवन जिउन थाल्छ । सन्तानको पालन पोषण र रक्षाको लागि हरपल पीडालाई छातीमा सहदै परि आउने कठिनाइको सामना गर्दै  सन्तानको रक्षा गर्दछिन।



          

                  LOVE YOU 🌹 MUMMY 😘




Labels: ,

Friday, 22 March 2019

मेरो बिचार - निर्मल सुनुवार

जीवनका आरोह अनि अबरोहभित्र गुम्सिएको जीवनका भोगाइहरू सबैको आफ्नो आफ्नो नै हुन्छ्न । समय त्यो छाल हो जस्ले जीवनको कुनै पनि मोडहरूमा हुरी बतास ल्याई जीवन तहस नहस अन्धकार बनाउन सक्छ ।
यहाँ सबैको आफ्नै कथा छन आफ्नै बेथा छन, बस अर्काको दुखको काहानी सुन्ने कसैलाई फुर्सद छैन । फरक यत्ति नै छ यहाँ कोही बितेको जीवनभित्रको दु:खमा पिल्सिएका छन् । कोही माया गरेर मायाको त्यो पलभित्र पिल्सिएका छ्न, कोही सपना अनिरहर भित्रको जीव भित्र पिल्सिएका छन । तर चोट जस्तो भए पनि दुखाइ सबैको प्राय एउटै हुने गर्छ । किनकि सबै चोटहरू यो मुटुभित्र लाग्छ । सारै कमजोर अनि सरै निर्दयी पनि यही मुटु रहेछ । अनि सबैभन्दा बढी दुखाइ पनि यसलाई नै पर्ने गर्छ ।
सपना अनि रहर सबैको छ जीवनमा किनकि बिना सपनाको मानिसबिना आँखा भए जस्तै हुन्छ रे । परदेशीको आँखामा जीवन को सु:खका पलहरू समेटियर दु:ख गरेका हुन्छन, ।गरिबीको त्यो पलबाट अलिकति सु:ख को सास फेर्न चाहन्छन् । तर सुखको सपना देख्दा देख्दै जीवनका खुशिहरू कसरी आफूबाट हरसमय टाढा भएको हुन्छन, आफूलाई नै थाहा हुदैन ।
भनिन्छ गरिबहरू सधैं खुशी अनि सुखी हुन्छन रे । खोइ कसरी हो त्यो त मलाई पनि धेरै बयान आउदैन । तर बुझ्दै जाँदा थाहा पाए, किनकि गरिबका कोही साथी हुदैनन, गरिबका कोही माया गर्ने मायालु हुदैनन अनि गरिबको ठुलो बन्ने सपना हुदैनन रे । अनि सु:खको कल्पना पनि गर्दैनन रे । बिहान बेलुकाको एक गाँससँग साटिएको जीवन चुहिने घरको छानो नै भए पनि आफूमा रमाउछ रे । सायद यही भएर भनेको हुनुपर्छ, मन सबैको हुन्छ मन दुखाइ अनि यो शरिरको दुकाइमा फरक छ । शरिरको दुखाइ समयसँगै निको हुदै जान्छ । तर मनको दुखाइ समयसँगै बल्जिदै जान्छ । अजम्बरी जीवनको बुटी त कस्ले पो खाएर आएको छ र यो जीवनमा कि सबै मर्दा आफू मात्र बाच्नलाई भनिन्छ, मुख भए मुलुक रहन्छ ।
साँच्चै हो मिठो बचन अनि एकअर्काबिचको माया प्रेम अनि सद्भाव नै माया हो । खुलेर बाँचौ एक पलभित्र हजार सपना पुरा हुने गरी नाचौं हासौं, दुखसँग अलिकति भए पनि सु:खको महसुस हुनेछ । कस्लाई थाहा छ चिम्लिएको आँखा भोलिको सूर्यदयसँगै खुल्छ भनेर । त्यसैले हामी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू माया नै माया फैलाऊ आफूभित्र अनि अरुमा पनि मारी लानु के छ घमन्ड गर्नु नै बेकार छ । सक्छौ अरुको भावनाको सम्मान गर सक्दैनौ अरुको अपमान पनि नगर

Labels: ,

Saturday, 16 March 2019

प्रेम - निर्मल सुनुवार






प्रेम 
             

                                                                                            ***निर्मल सुनुवार***
दैनिक आवश्यकीय वस्तुजस्तै हो प्रेम । प्रेम पुरुषका लागि जति आवश्यक छ महिलालाई पनि उत्तिकै आवश्यक हुन्छ । न यो घटबढ हुन्छ, न कसैले खोसेर लिन र लान सक्छ । प्रेम एउटा अपवादजस्तै हो ।‘प्रेम प्रेम नै हो यसलाई परिभाषित गर्न कठिन छ ।’ प्रेम भनेको त्यो हो जहाँ कुनै इच्छा, आकांक्षा र स्वार्थ हुँदैन, जुन असीमित बगिरहन्छ । प्रेम महिलामा बढी पाइएको छ । विश्वास र सकारात्मक स्वतन्त्रता नै प्रेम हो । ‘प्रेममा विश्वास हुन्छ । विश्वासमा भरोसा । महिलाहरू सदा त्यस्तो प्रेम चाहन्छन् जसले विश्वासको अनुभूति गराओस्। म मेरो कमजोरीहरूलाई सुधार गर भन्ने, मप्रति विश्वास गर्ने, जस्तो अवस्थामा पनि म स्वीकार्य हुने र मलाई विश्वास गर्ने प्रेमको सम्मान गर्छु ।’ महिलाको भावना जटिल हुन्छ । प्रेमको परिभाषा असीमित र अपरम्पार छ  । श्रीमान्, छोरा, आमाबुवा एवं दिदीबहिनी हरेकलाई प्रेम गरिन्छ । महिलाका लागि प्रेम एउटै कुरासँग जोडिन्छ त्यो भनेको ‘आत्मीयता’ हो । जसलाई म आफ्नो मान्छु उसैलाई प्रेम गर्छु  । म भन्दछु –‘महिलाहरू प्रेममा आत्मसम्मान खोज्छन्, तिमी जे छौ त्यही मेरा लागि स्वीकार्य छौ र त्यही रूपमा बाँच भनेर स्वतन्त्र छोड्नु नै प्रेम हो । प्रेममा विश्वास, समझदारी र समपर्ण हुन्छ  । निस्वार्थपन, केयरिङ र सेयरिङ नै प्रेम हो । जे–जस्तो परिस्थितिमा पनि सँगै रहनुलाई प्रेम मानिन्छ। प्रेममा भरोसा र आस्थाका साथै दीर्घकालीन विश्वास हुन्छ  । अहिले सबैले प्रेममा खोज्ने भनेकै विश्वास, आत्मसम्मान एवं स्वतन्त्रता हो । माया सबैलाई चाहिने अत्यावश्यक वस्तु हो ।स्वार्थ पनि माया हो भने  । भोगाइ–सम्झाइ पनि माया हो। कसैको चित्त नदुखँई खुसी बटुल्नु नै मायाको उपलब्धि हो । दुःख र खुसी दुवै दिनु माया हो। यो देखिने कुरा होइन, मनले महसुस गर्ने कुरा हो । महिलाहरू यसलाई लुकाएर दर्शाउँछन् भने पुरुषहरू देखाएर दर्शाउँछन् । प्रेम भित्रैदेखि आफै सिर्जना हुने चीज हो ।प्रेम देखिने कुरा नभएर मनले महसुस गर्ने कुरा हो। यसलाई हेर्न, रोक्न वा छेक्न सकिँदैन ।


   निर्मल सुनुवार    Nirmal Qtc 

Labels: ,

Friday, 15 March 2019

जीवन एक सुन्दरता र मृत्यु एक सत्यता - निर्मल सुनुवार






हरेकले आफ्नो जन्मसँगै मृत्यु पनि लिएर आएका छन् । त्यही मृत्यु कसैका लागि चाँडो त कसैका लागि ढिलो आइदिन्छ । हर जो कोहीलाई पनि मृत्युसँग डर नै लाग्छ तर यसको अर्थ आत्महत्या गर्नेहरू निडर र बहादुर हुन् भन्ने पनि हैन । आत्महत्या त जीवनको बोध गर्न नसक्नेहरूले, मानसिक संकुचनका रुग्णहरूले जीवनप्रति गर्ने अपराध हो, त्यसैले त धार्मिक ग्रन्थहरूमा पनि 'आत्महत्या महापाप हो ' भनी लिपीबद्द गरिएको छ ।
मृत्यु एक त्यस्तो सत्य हो जसको आगमनको न कुनै समय हुन्छ, न त कुनै संकेत नै यो त जुनसुकै बेला जो सुकै माथि जहाँसुकै पनि घट्न सक्छ । बाटो काट्दा काट्दै गाडीको ठक्करले, अहिलै भुइँँचालो आएर, ज्वालामुखी फुटेर, हृदयघात भएर होस या अन्य कुनै रोग र बिरामको कारणले होस् जो सुकैको पनि मृत्यु हुन सक्छ । तर यी त मृत्युका बाहाना मात्र हुन् मानिस मर्दछ छ त बाँचेको हुनाले । मृत्यु त्यो सत्य जुन अकाट्य र अवश्यम्भावी छ । त्यसैले पनि होला कवि सिरोमणि लेखनाथ पौड्यालले भन्नुभएको - ' आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो, इन्द्रै बिन्ती गरुन झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो । '
मृत्यु त्यो शाश्वत सत्य जसको बोध थोरैले मात्र गरेका छन् या गर्न सक्छन् जे भनौँ । तर बाँकिरहेका अरु सबै जीवनका असांयोगिक पाटाहरूलाई वास्तविकतामा ढाल्न तल्लिन छन् जसले गर्दा उनीहरू भूलिरहेछन् बाँचनुको सार्थकता, जीवनको यथार्थ बुझाई र मरणको वास्तविकता ।
के मृत्यु पछि पनि जीवन निरन्तर छ त ? भनिन्छ आत्मा अमर छ, शरिर मरेर गए पनि आत्मा उडेर गई अन्य कुनै शरिरमा समाबिष्ट हुन्छ । के आत्मा पनि शरिरको परिवर्तनसँगै परिवर्तन हुन्छ ? यदि हुन्छ भने आत्म कसरी अमर भयो र ? यदि शरिरसँगै आत्माको परिवर्तन हुँदैन भने पनि फेरि किन जन्मेनन् ती हिटलर र मुसोलिनीका क्रुर आत्माका प्रतिविम्बहरू ?, फेरि किन जन्म भएन शान्तिका दुत गौतम बुद्दहरूको ?, किन आएनन् अरस्तु, रुसो, न्यूटन र आइन्सटाइनका आत्मा ग्रहण गरेका शरिरहरू ? यी र यस्ता प्रश्नहरूले मलाई दोधार तुल्याउँछ र म एउटै निश्कर्षमा पुग्छु । आत्म अमर हुनसक्छ तर आत्मिक पहिचान मृत्युसँगै बिलीन भएर जान्छ जो गुणकारी र हितकारी हुन्छन् तिनीहरूको पहिचान ईतिहासमा लिखत हुन्छ । समयको परिवर्तनसँगै तिनीहरूका कामहरू जीवन्त रहन्छन् र असलहरूका लागि आदर्श पनि बन्छन् तिनीहरू । त्यसैले सबैका लागि नभए पनि धेरैका लागि हितैसी र असल बन्नु उचित हुन्छ ।
असल भन्नुको अर्थ सोझो र कम बोल्नु भन्ने हैन । प्रतिक्रिया बिहीन, असंवेदनशिल र निष्कृय नरहि जीवन्त बन्नु, ठिकलाई सराहना गर्नुलाई असलपनका लक्षण भन्न सकिन्छ । हुन त असल बन्न र रहिरहन सजिलो छैन प्रयत्नसाध्य र कठिनसाध्य छ तर जीवनको अतभुत आनन्द, सार्थकता र सुन्दरता पनि यसैमा छ ।
हरेकमा यस्तो सकारात्मक विचार विकास होस् कि, आजको दिन भनेको मेरो लागि हो भन्ने धारणा पैदा होस् र आजका लागि आजै योजना बनाई त्यसलाई आजै फत्ते गर्नु पर्छ भन्ने दृढ सोच होस् जसले मनमा शान्ति त दिलाउँछ नै, भोलिका योजनाहरूलाई अर्थपूर्ण बनाउने हौसला पनि दिन्छ र जीवन भोगाईलाई बुझ्ने बाटो पनि तय गरिदिन्छ ।
हरेकमा आफ्नै विशिष्ट क्षमता, बुद्धि र विवेक छ; आँट छ। तिनलाई निष्क्रीय नराखी, क्रियाशील बनाउनु, अभ्यासमा ल्याउनु र अरु विकसित गराउनुलाई जीवनको उपभोग भन्न सकिन्छ । जसले जीवनको उपभोग गर्नसक्दछ उसले जीवनलाई सुन्दर बनाउन र जीवनको मूल्य बोध गर्नसक्दछ। जीवनको मूल्य बोध गर्नु भनेको जीवनलाई सकारात्मक्तामा भरपुर उपयोग गर्नु हो ता कि मृत्यको क्षणमा पनि आफ्नो जीवन प्रति गुनासो गर्दै मृत्युवरण गर्नु नपरोस् ।
                                 निर्मल

Labels: ,