Wednesday, 19 August 2020

मस्तिष्कको मुख्य भागहरु र कार्यहरु

 

  Ø मस्तिष्कको मुख्य भागहरु र कार्यहरुः

o  सेरेब्रुमप्रमस्तिष्कः यो मस्तिष्कको सबैभन्दा ठुलो भाग हो। यसले सोँच्ने, कुरा गर्ने, निर्णय लिने, भावना आदि जस्ता कार्यहरु गर्दछ।

o  डायसिफालनः मांशपेसिको गतिविधी, निन्द्राको चक्र, तापक्रम सन्तुलन, गन्ध आदि जस्ता कार्य। यो ४ प्रकारको हुन्छः

§  थलामसः सम्वेदना ग्रहण गर्ने, निन्द्रा चक्र नियन्त्रण गर्ने।

§  हाईपोथलामसः होमिओस्टेसिस (तापक्रम र रक्तचाप) सन्तुलन गर्छ।

§  ईपिथलामसः गन्धको भवना, निन्द्रा र ब्युझिने चक्रलाई नियमित गर्न सहयोग गर्छ।

§  सब-थलामसः हिडडुल गर्न सहयोग गर्छ ।

o  मस्तिष्क स्टोमः लाईफ सपोर्टका कार्यहरु ( धड्कन र सासको समायोजन, निल्ने कार्य) गर्दछ साथै शरीरको तापक्रम र रक्तसञ्चारलाई नियमित गर्ने कार्य गर्दछ। यसमा मिड ब्रेन, ब्रिज र मेडुला अब्लन्गेटा पर्दछ।

o  सेरेबेलुमः व्यायम सम्बन्धि समायोजन, आसन, बोलि सन्तुलन आदिको कार्य गर्दछ।

Ø स्नायु प्रणालिः शरीरको सम्पूर्ण भागबाट जानकारि जम्मा गरि, विश्लेषण र निर्णय गरि शरीरको सम्पूर्ण भागमा आदेश पुर्याई सम्पूर्ण अङ्गहबिच जानकारि सञ्चार गर्ने प्रणालिलाई स्नायु प्रणालि भनिन्छ। यसलाई दुई भागमा बाड्न सकिन्छः

o  केन्द्रिय स्नायु (मस्तिष्क र सुषुम्ना);

§  मस्तिष्कः शरीरको सम्पूर्ण भागबाट जानकारि प्राप्त गरि विश्लेषण र निर्णय गरि सम्पूर्ण भागमा आदेश पठाउने कार्य गर्दछ ।

§  सुषुम्नाः यो मस्तिष्कसँग जोडिएको हुन्छ। शरीरको सम्पूर्ण भागबाट मस्तिष्कमा र मास्तिष्कबाट शरीरको सम्पूर्ण भागमा जानकारि पुर्याउने कार्य गर्दछ। यसमा टाउको, छाति र कम्मर पर्दछ। कहिले काहिँ आफै जानकारि सम्बन्धि निर्णय गर्ने र आदेश दिने पनि गर्दछ।

o  परिधिय स्नायुः केन्द्रिय स्नायु र शरीरको सम्पूर्ण अङ्गहरुबिच जानकारि सञ्चार गर्ने कार्य गर्दछ। यो दुई प्रकारको छः

§  मस्तिष्क स्नायुः १२ जोडि क्रेनियल स्नायु

§  सुषुम्ना स्नायुः ३२ जोडि स्पाईनल स्नायु



Labels: , ,

Monday, 17 August 2020

Nursing Care skill Note New pdf


Nursing care skill note in Nepali  Click here to download 




Labels: , ,

Day6 Diseases caused by high blood pressure रक्तचापको कारण लाग्ने रोगहरु part2 3rd day

 

  Ø रक्तचापको कारण लाग्ने रोगहरुः

o  सेरेब्रल ईन्फ्र्याक्सनः मस्तिष्कमा रगत र अक्सिजन आपुर्ति गर्ने धमनिहरुमा अवरोध भई वा सङ्कुचन भई मस्तिष्कको तन्तुहरु मरेको अवस्थालाई सेरेब्रल ईन्फ्याक्सन भनिन्छ। यसलाई स्ट्रोक पनि भनिन्छ।

o  सेरेब्रल हेमोरेजः उच्च रक्तचाप वा अरु कुनै कारणले मस्तिष्कको धमनि फुट्न गई मस्तिष्कको तन्तु वा भेन्ट्रिकल्समा रगत बग्नुलाई सेरेब्रल हेमोरेज वा सेरेब्रल ब्लिड भनिन्छ।

o  सब-एरेक्नोईड हेमरेजः उच्च रक्ताचाप वा दुर्घटनाको कारण मस्तिष्कको रक्तनलि फुट्न गई मस्तिष्क वरिपरि रक्तस्राव हुनुलाई सब-एरेक्नोईड हेमोरेज भनिन्छ।

o  हाईपरटेन्सिभ रेटिनोप्याथिः  उच्च रक्तचापको कारणले रेटिना र रेटिनाको रक्तसञ्चारमा क्षति पुग्नुलाई हाईपरटेन्सिभ रेटिनोप्याथि भनिन्छ ।

o  एन्जाईमा पेक्टोरिसः मुटुको मांसपेशीमा रगत प्रवाह कम भएको कारण हुने छाती दुखाई हो।

o  मायोकार्डियल ईन्फ्र्याक्सनः मुटुमा रगत प्रवाह कम वा बन्दभई मुटुको तन्तुहरु मर्नुलाई क्षति पुग्नुलाई मायोकार्डियल ईन्फ्र्याक्सन भनिन्छ ।

o  आर्टेरियोस्क्लेरोसिसः उमेर बढेसँगै रक्तचापको कारणले धमनिको भित्ता बाक्लो र कडा आर्टेरियोस्क्लेरोसिस भनिन्छ। यस्तो अवस्थामा खुट्टाहरु दुख्ने, पोल्ने,झमझमाउने आदि हुन्छ।




Labels: , ,

Sunday, 16 August 2020

nursing care skill note day5 part2 2nd day रक्तचाप सम्म

  •   लाईफ सर्पाेट तथा स्थिरताको संरचना

होमियोस्टेसिस स्थिर स्थितिः {शरीरमा एक सामान्य अवस्था कायम रहनु}

 बाहिरि वातावरणमा परिर्वतन भएतापनि शरीरको भित्रि स्थिति एउटै स्थिर अवस्थामा 

राख्ने जैविक प्रणालिलाई होमियोस्टेसिस भनिन्छ ।  जस्तै तापक्रम बढेर गर्मि भएको 

बेला पसिना निस्केर शरीरको भित्रि तापक्रम सामान्य अवस्थामा रहिरहनु, 

नुन तथा पानीको मात्रालाई स्थिर राख्नु आदि

  भाइटल साइनब्यक्तिको  भित्रि शरीरको अङ्गहरुको स्वास्थ्य 

स्थितिको सामान्य तथा असामान्य अवस्थाको जानकारि दिने 

सुचकलाइ भाइटल साइन भनिन्छ ।  भाइटल साइन  ४ प्रकारको छ ;

§  शरीरको तापक्रमः शरीरको भित्रको तातोपन अर्थात तापको डिग्रिलाई शरीरको तापक्रम भनिन्छ । शरीरको तापक्रम सामान्यतया ९७-९९F हुन्छ । ९७F भन्दा कम भयो भने हाईपोथर्मिया र ९९F भन्दा बढि भयो भने हाईपरथर्मिया (ज्वरो) भनिन्छ । शरीरको तापक्रम राति सुतेको बेलामा कम र दिनको समयमा बढि हुन्छ । शरीरको तापक्रम विशेष गरि काखि मुनि, जिब्रो मुनि, कान भित्र, निधार, मलद्वार र तिग्राको कापमा नापिन्छ । पक्षघात भएमा पक्षघात नभएको पट्टि नाप्नु पर्छ ।

§  सास दरः बाहिरि वातावरणमा भएको अक्सिजनयुक्त हावा शरीर भित्र लिने र शरीर भित्रको कार्बनडाईअक्साईडयुक्त हावा बाहिर फ्याक्नुलाई स्वास प्रश्वास भनिन्छ । स्वस्थ व्यक्तिले प्रतिमिनेट १२ देखि १८ पटक सम्म सास फेर्दछ । सास फेर्न कठिन हुदा छालाहरूमा अक्सिजनको कमि भई छाला, नङ, ओठ आदि अङ्गहरु निलो हुनुलाइ साइनोसिस भनिन्छ । शारीरिक तथा मानासिक अस्वस्थताले सास दरमा परिवर्तन ल्याउछ । शरीरको तापक्रम १ डिग्रि बढेमा सास दर सामान्य भन्दा ४ ले बढि हुन्छ ।

§  नाडि दरः मुटु खुम्चिदा रगतले धमनिको भित्तामा दिने धक्कालाई नाडि दर भनिन्छ । कम उमेरमा नाडि दर धेरै र बढि उमेरमा नाडि दर कम हुन्छ । सामान्यतया नाडि दर प्रतिमिनेट ६० देखि ८० बिट्स हुन्छ । ६० भन्दा कम भएमा ब्राडिकार्डिया र १०० भन्दा बढि भएमा टाकिकार्डिया भनिन्छ । शरीरको तापक्रम १ डिग्रि बढेमा नाडि दर १० बिट्सले बढ्छ । प्रतिमिनेट ६० देखि १०० बिट्स साम्मलाइ पनि सामान्य नै मानिन्छ । रक्तचाप बढेको अवस्थामा नाडि दर घट्छ । टेम्पोरल धमनि (टाउको), क्यारोटिड धमनि (घाँटि), ब्रेकियल धमनि (पाखुरा) र सबै भन्दा बढि रेडियल धमनि (नाडि) मा मापन गरिन्छ ।

§  रक्तचापः मुटु खुम्चदा र फुकिदा रगतले धमनिको भित्तामा पारेको चापलाई रक्तचाप भनिन्छ ।

अर्थात मुटु बाट बाहिरिने र भित्र पस्ने रगतद्वारा रक्त नलिमा

 परेको चाप लाई रक्तचाप भनिन्छ मानिसको सामान्य रक्तचाप १२०/८० mm of hg  हुन्छ । मुटु खुम्चदा परेको चाप 

सिस्टोलिक र मुटु फुकिदा परेको चाप डायस्टोलिक रक्तचाप हो

 । सिस्टोलिक १४० वा सो भन्दा बढि र डायस्टोलिक ९० वा 

सो भन्दा बढि भएमा उच्च रक्तचाप (हाईपरटेन्सन) भनिन्छ। 

उत्तेजित भएको बेला, निन्द्रा नापुगेको बेला, दिशा पिसाब 

रोकिएको बेला, तापक्रममा परिवर्तन आएको बेला रक्तचाप 

बढ्छ।

 सेरेब्रल इन्फ्र्याक्सन, हाईपरटेन्सिभ रेटिनोपेथि, एन्जाईमा पेक्टोरिस, मायोकार्डियल ईन्फ्र्याक्सन, हेमिप्लेजिया, आर्टेरियोस्क्लेरेसिस, सब-एरेक्नोइड, सेरेब्रल हेमोरेज आदि उच्च रक्तचापको कारणले हुने रोग हो।


Labels: , ,

Saturday, 15 August 2020

minnano nihongo II lesson 28 grammer and meaning in nepali

 Click here to Pdf file lesson 28











Labels:

Friday, 14 August 2020

Nursing care skill note day4 part2 first day upto आवश्यकता

  मन र मस्तिष्कः व्यक्तिकाे स्वभाव, हालसम्मको दैनिक जीवनयापन, 

शिक्षा तथा आफ्नो वरिपरीको वातावरण आदि जस्ता कुराहरुले गर्दा भावना, 

विचार गर्ने तरिका र आफ्नो विचार तथा भावना व्यक्त गर्ने तरिका मान्छे 

अनुसार फरक फरक हुन्छ । मन र मस्तिष्कमा भईहेको कुराहरु अनुहारको 

हाउभाउर व्यवहारमा देखिन्छ । उमेरसँगै महसुस गर्ने कुरा र विचार गर्ने 

तरिका परिवर्तन भई जोस र जाँगरको रुपमा देखा पर्छ ।  उमेर बढेसँगै जोस र जाँगर हराउदै जान्छ ।

जोस र जाँगरः केहि काम गर्नको जागि उत्साहित हुने भावना नै जोस र 

जाँगर हो । प्रयोगकर्तालाई उत्कृष्ट सेवा प्रदान गर्नको लागि हेरचाह कर्तामा 

जोस र जाँगरको आवश्यकता पर्दछ ।

स्ट्रेस/तनावः बाहिरि वातावरण तथा थकान, निद्राको कमि, चिन्ता, 

डर,  अरु मान्छेसँगको सम्बन्ध अर्थात मानसिक तथा सामाजिक कुराहरुको 

कारण मस्तिष्कमा  हुने नकारात्मक असर नै तनाव हो ।

यादः कुनैपनि कुरा स्मरणमा रहिरहनुलाई याद भनिन्छ ।

 यादका प्रकारहरः 

        *प्रासङ्गिक यादः अनुभव तथा सम्झना सम्बन्धि याद

        *अर्थगत यादः ज्ञान सम्बन्धि याद

         *प्राईमिङ यादः चालै नपाई याद भएको कुरा

        *प्रकृयात्मक यादः शरीरले याद गरेको कुरा


आवश्यकताः केहि कुरा चाहिएको अवस्थालाई आवश्यकता भनिन्छ । 

आवश्यकता सम्बन्धि मास्लोको ५सिद्धान्तः


*शारीरिक आवश्यकताः बाँच्न चाहने आवश्यकता ( गाँस, बास, कपास)

*सुरक्षा आवश्यकताः आफुलाई सुरक्षित राख्न चाहने आवश्यकता

       *प्रेम तथा आवद्धता आवश्यकताः सम्बन्ध बनाउन चाहने आवश्यकता

        *अहम आवश्यकताः सम्मान चाहने आवश्यकता

        *आत्मसन्तुष्टि आवश्यकताः आफुले गर्न चाहेको कुरा सक्दो गरेर देखाउन चाहने                  आवश्यकता 



































Labels: , ,

Thursday, 13 August 2020

Nursing Care Note Day3 Part1 final

  संक्रमण (सरुवा रोग) र रोकथामको उपायहरुः     बाहिरी वातावरणमा भएका रोगका

 किटाणु  (भाईरस) हरु कुनै पनि माध्यमबाट शरिरभित्र प्रवेश गरि वृद्धि भई विभिन्न लक्षण 

देखा पर्नुलाई  संक्रमण भनिन्छ । जस्तैः क्षयरोग, निमोनिया, इन्फ्लुएन्जा, आदि । रोग 

प्रतिरोधात्मक क्षमता कमजोर भएको बेलामा संक्रमण  हुने सम्भावना बढि हुन्छ । ज्वरो 

आउने, वान्ता हुने, पखाला लाग्ने, चिलाउनु, डाबर आउने आदि यसको मुख्य लक्षण हो । 

यसको रोकथामको लागि संक्रमण को पहिचान गरि रोकथामको उपायहरु अपनाउनु 

पर्दछ। नियमित रुपमा हात धुने, मास्क लगाउने डिस्पोजेबल पञ्जा लगाउने, गार्गल गर्ने, 

एप्रोनकोप्रयोग आदि जस्ता कार्य गर्नुपछ ।

     नोरोभाइरस संक्रमण वान्ता र पखाला हुने गर्दछ । संक्रमितकाे दिसा वा वान्ता छोएमा 

अरुलाई पनि सर्न सक्छ । यस बाट बच्नको लागि संक्रमित खानाबाट टाढा रहने र मास्क

औठे जुकाः यो विशेष गरि छाला, नङ र कपाललाई असर गर्ने एक प्रकारको छाला 

सम्बन्धि रोग हो । यस्तो संक्रमण गर्मि मौशममा धेरै हुने गर्दछ र खुट्टाको औलाको कापमा

 धेरै असर देखिन्छ । यसको रोकथामको लागि शारीरिक सरसफाईमा ध्यान दिनु पर्दछ ।


लुतोः यो एक किसिस्मको सुक्ष्म किरा mites को कारणबाट हुने एउटा छालाको रोग 

हो जसले छाला चिलाउने हुन्छ । संक्रमितकाे कपडाबाट पनि सर्ने भएकोले कपडालाई 

तातो पानीमा धुनु पर्दछ । 

इन्फ्लुएन्जाः स्वासप्रस्वास प्रणालि (नाक,घाटि, फोक्सो) मा असर गर्ने भाइरल 

संक्रमण  हो । हाछ्यु आउनु यसको मुख्य लक्षण हो । यो भाइरस उड्न सक्ने भएकोले 

खोक्दा, कुरा गर्दा र हाछ्यु गर्दा हावाको माध्यमबाट पनि सर्दछ । यो जाडो समयमा धेरै हुने

 गर्दछ ।

क्षयरोगः क्षयरोग माइक्राे व्याक्टेरियम ट्युबरकुलोसिस नामक ब्याक्टेरियाले फोक्सोमा 

संक्रमण  गर्दा हुने राग हो र यसले शरिरको अन्य भागहरुमा पनि असर गर्दछ । यो 

संक्रमित सँगकाे सिधा सम्पर्क र हावाबाट पनि सर्दछ । यसको मुख्य लक्षण तिन हप्ता वा 

त्यो भन्दा बढी समयसम्म खोकि लाग्नु, खोकिमा रगत देखा पर्नु, खोक्दा छाति दुख्नु, तौल 

घट्नु, ज्वरो आउनु, राति पसिना आउनु, थकित महसुस हुनु, खान मन नलाग्नु आदि हुन् ।

हेपाटाइटिस बी र सीः हेपाटाइटिस बी र हेपाटाइटिस सी रगत र शरीरको तरल पदार्थबाट 

सर्ने रोग हो यसले कलेजोलाई धेरै असर गर्दछ । शरीर दुख्ने, घुँडा दुख्ने, अति साह्रो ज्वरो 

आउने, खानामा अरुचि हुने, माथिल्लो पेट फुलेर आउने, दायाँपट्टि असजिलो महसुस हुने,

 वाक्वाकी लाग्ने, बान्ता आउने, आँखा पहेलो हुने, आदि लक्षण देखा पर्छन्  ।

जोखिम रोकथाम र सुरक्षाको उपायहरुः दैनिक रुपमा प्रयोगकर्ताहरुलाई एक 

ठाँउबाट अर्काे ठाँउमा लिएर जाने कार्य गर्नुपर्दछ । प्रयोगकर्ताहरु अशक्त तथा अपाङ्गता 

वा वृद्ध वृद्धा हुने भएकोले त्यस्तो कार्य गर्दा दुर्घटना हुने सम्भावना बढी हुन्छ । यसको 

रोकथामको लागि निम्न कार्यहरु गर्नुपर्दछः

  • प्रयोगकर्ताको स्थिति राम्रोसँग अबलोकन गर्ने
  • प्रयोगकर्ताको पोशाक, जुत्ता चप्पल उचित छ छैन निश्चय गर्ने
  • कल्याणकारी उपकरण प्रयोग गर्नु अघि निरिक्षण गर्ने
  • हिडडुल गर्ने वरिपरीको वातावरण निश्चय गर्ने 

जोखिम व्यवस्थापनः घटनाहरुको रेकर्ड राखि कुनै पनि खतराहरुको अर्थात हुन 

सक्ने खतराहरुको पूर्व अनुमान गरि संगठित रुपमा संलग्न भई उक्त खतराको रोकथामको 

उपाय अपनाउनुलाई जोखिम व्यवस्थापन भनिन्छ ।


  

Labels: , ,

Nursing care skill note Day2 upto Body Mechanics

 गोपनियता प्रतिको संवेदनशिलताः नर्सिङ केयर गर्दै जादा प्रयोगकर्ताको नाङ्गो 

शरीर देखिएपनि उनिहरुलाई अप्ठ्यरो अथवा लाज महशुस नहुनेगरि गोपनियतालाई 

संवेदनशिलतापूर्वक लिनु महत्वपूर्ण हुन्छ ।

  •   गोपनियताको सुनिश्चितताः नर्सिङ केयर वर्करले उपयुक्त सेवा प्रदान गर्नको लागि प्रयोगकर्ताको सम्पूर्ण जानकारी थाहा पाउनु पर्दछ तर प्रयोगकर्ताको स्वीकृतिविना उक्त जानकारीहरु अरुलाई भन्नु तथा सामाजिक सञ्जालमा, इन्टरनेटमा हाल्नु हुदैन ।
  •  शारीरिक स्वतन्त्रता नियन्त्रण निषेधः  प्रयोगकर्ताले शारीरिक रुपमा गर्न सक्ने कार्यहरु गर्नु नदिनु अर्थात शारीरिक स्वतन्त्रता हनन् गर्नु शारीरिक स्वतन्त्रता नियन्त्रण हो । यस्तो निम्न कार्यहरुगर्नु हुदैनः

  • शरिर वा हात खुट्टा चल्न नसकने गरि बाँधेर राख्नु
  •  कोठा भित्र थुनेर राख्नु
  • बेडको चारैतिर बार लगाई ओर्लन नसक्ने गरि राख्नु
  • बेल्ट आदिले बाँधेर उभिन नसक्ने गरि राख्नु
  • साइकोट्रपिक औषधि आवश्यकता भन्दा धेरै खुवाउनु आदि ।

दुर्व्यवहार:    प्रयोगकर्तालाई शारीरिक तथा मानसिक रुपमा नराम्रो असर पर्ने गरि नकारात्मक व्यवहार गर्नु दुर्व्यवहार हो । दुर्व्यवहार भित्र निम्न कुराहरु पर्दछः

  • शारीरिक दुर्व्यवहार (प्रयोगकर्तालाई कुटपिट गर्नु)
  • मनोवैज्ञानिक दुर्व्यवहार  (मानसिक रुपमा चोट पुग्ने कुरा गर्नु)
  • बेवास्ता (नर्सिङ केयर आवश्यक व्यक्तिलाई दैनिक जीवानमा सहयोग गर्न छोड्नु )
  • आर्थिक दुर्व्यवहार  (प्रयोगकर्ताबाट अनुचित सम्पती लाभ उठाउनु)
  •  यौन दुर्व्यवहार  (प्रयोगकर्तालाई यौन शोषण गर्नु) आदि ।


*मल्टि प्रोफेशनल कोलाबरेसनः   प्रयोगकर्तालाई उत्कृष्ट सेवा गर्नको लागि विभिन्न क्षेत्रका

 हेरचाह प्रदायकहरु जस्तै, डाक्टर, खाना तथा पोषण विशेषज्ञ, थेरापीष्ट नर्सिङ सर्टिफाइड

 केयर वर्कर आदि आपसमा मिलेर सेवा प्रदान गर्नु मल्टि प्रोफेशनल कोलाबरेसन हो ।


  चिकित्सा अभ्यास गर्ने विशेषज्ञको काम

  •    चिकित्सकः रोगको जाँच र उपचार
  •    नर्सः चिकित्सकको निर्देशन अनुसार चिकित्सा सेवा तथा रोगको जाँच र उपचारमा सहयोग

  पुर्नस्थापनाकाे विशेषज्ञले गर्ने काम

  •  फिजियो थेरापिष्टः हिड्ने जस्ता चालसम्बन्धि क्षमताको तालिम
  • अकुपेशनल थेरापिष्टः दैनिक जीवनमा आवश्यक कार्यको तालिम
  •  स्पिक+ल्याङ्ग्वेज+हियरिङ थेरापिष्टः बोल्न, सुन्न, निल्न कठिनाइ भएको व्यक्तिलाई तालिम दिने
  •  रेजिस्टर्ड डायटिसियन (पोषण विशेषज्ञ)ः रोगको कारण खानाको किसिम वा क्यालोरीमा ध्यान दिनु पर्ने भएकोले पोषण सन्तुलनबारे विचार गरि खानाको मात्रा र परिकार सुचि बनाउनु

  खानाको विशेषज्ञले गर्ने काम

 परामर्श तथा समायोजन गर्ने विशेषज्ञले गर्ने काम

 केयर म्यानेजर र सर्टिफाइड सोसल वर्कर आदिः नर्सिङ केयर सेवा सम्बन्धि परामर्श र समायोजन  

 नर्सिङ केयर प्रकृयाका आधारभूत चरणहरुः

  •  जानकारी संकलनः जानकारी संकलन गरि दैनिल जीवनको समस्याको विश्लेषण
  •  योजना निर्माणः समस्या अनुसारको उचित हेरचाहको योजना निर्माण
  • कार्यन्वयनः योजना अनुसार प्रभावकारी ढंगले नर्सिङ केयर प्रदान गर्ने
  • मुल्याङ्कनः प्रदान गरेको नर्सिङ केयर लाभदायक भयो भएन मुल्याङ्कन गर्ने

   नर्सिङ केयर सेवाः

  • होम भिजिट सर्भिसः प्रयोगकर्ताको घरमा गएर सेवा प्रदान गरिन्छ
  •  डे केयर सर्भिसः प्रयोगकर्तालाई दिनको समयमा केयर सेन्टरमा सेवा दिने
  •  भर्ना सर्भिसः प्रयोगकर्तालाइ केयर सेन्टरमा भर्ना गरि सेवा प्रदान गरिन्छ


    नर्सिङ केयरमा सुरक्षाको सुनिश्चितता

 अवलोकनः प्रयोगकर्ताको स्वास्थ्य अवस्था थाहा पाउनको लागि सावधानिपूर्वक 

प्रयोगकर्तामा केन्द्रित भएर हेर्नुलाई अवलोकन भनिन्छ । प्रयोगकर्ताको दैनिक जीवनलाई 

सुधार गर्नको लागि अवलोकनको आवश्यक पर्छ । अवलोकन गरिएका कुरा रेकर्ड गरि 

सबै कर्मचारिसँग शेयर गर्नुपर्छ । मापन तथा प्रयोगकर्ताको गतिविधिलाई अवलोकन गरि

 जानकारि प्राप्त गर्न सकिन्छ ।

 नर्सिङ केयर वर्करको स्वस्थ्य व्यवस्थापनः केयर वर्कर स्वस्थ भएमा मात्र प्रयोगकर्तालाई 

राम्रो हेरचाह प्रदान गर्न सकिन्छ । त्यसैले केयर वर्करले आफ्नो शरीर स्वस्थ राख्नुपर्छ ।


 कम्मर दुखाईः नर्सिङ केयर वर्करको कम्मर दुख्ने सम्भावना बढी हुन्छ तसर्थ निम्न उपायहरु अपनाउनु पर्दछ ः

  • प्रयोगकर्ताले गर्न सक्ने काम गर्न दिने
  •  कल्याण उपकरण प्रयोग गर्ने
  •  बडी मेकानिक्सको प्रयोग गर्ने
  •  उचित व्यायम गर्ने, पोषण र विश्राममा ध्यान दिने ।


 बडी मेकानिक्सको सिद्धान्तः     हड्डि, जोर्नी, मांशपेसी जोडिएर चल्ने शारीरिक 

संरचनालाई उपयुक्त आकार दिई थोरै बलमा नै धेरै र सजिलै काम गर्न सक्ने शारीरिक 

बनावटलाई बडी मेकानिक्स सिद्धान्त भनिन्छ । बडी मेकानिक्समा ध्यान दिनुपर्ने कुराहरु ः

  •  सपोर्ट बेस फराकिलो पारी गुरुत्वकेन्द्र होचो पार्ने
  •  केयर गर्ने भाग र हेरचाह कर्ताको गुरुत्व केन्द्र नजिक बनाउने
  • ठेल्नु भन्दा आफुतिर तान्नुपर्छ
  • गुरुत्वकेन्द्रलाई एकै लेबलमा राखेर सार्नु पर्दछ
  • आफु जाने दिशातर्फ खुट्टा फर्काउने
  • कुनै सामान उठाउदा ठूलो मांशपेसि प्रयोग गर्ने
  • प्रयोगकर्ताको शरीरलाई सानो बनाउने
  • उत्तोलकको सिद्धान्त प्रयोग गर्ने          

Labels: , ,

Tuesday, 11 August 2020

Nursing Care note day 1 of part 1

 नर्सिङ केयरः वृद्ध वृद्धा वा कुनै कारणले अशक्त भएर दैनिक  

   क्रियाकलापमा समस्या भएको व्यक्तिलाई उसले चाहेजस्तो जीवन

 बिताउनको लागि गरिने हेरचाह र सहयोग नै नर्सिङ केयर हो, जहाँ असक्त 

व्यक्तिलाई पनि सबल व्यक्तिलाई जस्तै व्यवहार गर्नुपर्दछ । नर्सिङ केयर 

आवश्यक परेपछि सोँच र व्यवहारमा नकारात्मक परिवर्तन आउन सक्ने 

भएकोले प्रयोगकर्तामा जोश र जाँगर जगाई जीवनशैलिलाई राम्रोसँग बुझेर 

दैनिक जीवनमा सहयोग गर्नुपर्दछ ।

         गुणस्तरीय जीवन: जीवनमा भौतिक वस्तुहरुको मात्र सुविधा नभएर 

       मानसिक पक्ष पनि सबल भई आफ्नो इच्छा अनुसारको जीवन विताउदै 

   आत्मसन्तुष्टि र खुशि प्राप्त गर्नु नै गुणस्तरीय जीवन हो ।


्  सामान्यीकरण: अशक्त मानिसले पनि सबल मानिसले जस्तै समाज र 

    समुदायमा कुनै बाधा अबरोध बिना नै अर्थात सहज तरिकाले आफ्नो 

   अधिकारको संरक्षण गरि आफुले चाहे जस्तो जीवन जीउन पाउने अवस्था नै 

    सामान्यीकरण हो ।


्         आत्मनिर्भरता सहयोगः प्रयोगकर्ताको मुल्य र मान्यतालाई विशेष 

     महत्व दिदै उनीहरुको इच्छा अनुसारको निर्णय गरि उनिहरुले गर्न चाहेको तर 

     गर्न नसक्ने काममा उनिहरुले उपलब्धिमुलक काम गरेको महशुस हुने गरी 

     दैनिक जीवन बिताउन गरिने सहयोगलाई आत्मनिर्भरता सहयेग भनिन्छ ।


्     आफ्नो रोजाई आफ्नो निर्णयः प्रयोगकर्ताको हालसम्मको दैनिक जीवन

     शैलिलाई आधार मानेर उनिहरुको ईच्छा अनुसारको निर्णय गर्नु पर्दछ 

    अर्थात सेवाग्राहि आफैले चाहेजस्तो जीवन जीउन सक्ने गरि निर्णय लिन 

     लगाउनु पर्छ र सो निर्णयलाई सम्मानसाथ स्वीकार गर्नुपर्दछ ।


       दैनिक जीवनको अर्थः व्यक्तिगत साचाई, मुल्यमान्यता र विशेष महत्व 

    दिने विषय अनुसार उठेर राति सुत्दा सम्म गरिने हरेक दिनको क्रियाकलाप   

     दैनिक जीवन हो । बिहान उठेर मुख धुने, लुगा फेर्ने, खाना खाने, दिशा  

       पिसाव गर्ने आदि जस्ता कार्यहरु दैनिक जीवनको दिनचार्य हो ।  

Labels: , ,

basic japanese particle に、へ、で、は、を、も

  に(नि) पार्टिकल

नेपालीमा यस पार्टिकल 'मा' स्वरुप लिन सकिन्छ । に पार्टिकललाई स्थान

पार्टिकल र समय पार्टिकल भनिन्छ ।यो पार्टिकलले बिशेष गरि स्थान

,समय, समय अवधि र गतिलाई संकेत गर्दछ ।


स्थानको लागि प्रयोग गर्दा

यो पार्टिकलले कुनै चीज वा जीव त्यस स्थानमा छ भनेर संकेत गर्दा प्रयोग गरिन्छ ।

संरचना/ बनावट

स्थान (place)+ に 

に पार्टिकल बिशेष गरि あります(आरीमास) र います (इमास) सँग

प्रयोग गरिन्छ ।

ありますसँग प्रयोग गर्दाको उदाहरण

教室に椅子があります。(क्योउसिचु नि इसु गा आरीमास्) -

कक्षाकोठामा कुर्सी छ ।



います सँगको उदाहरण 
会議室に部長がいます。(खाइगिसिचु नि बुच्योउगा इमास )

- बैठककोठामा म्यानेजर हुनुहुन्छ ।

 あります र います सँगसँगै に पार्टिकल 住みます(सुमिमास ) र 勤めます

(चुतोमेमास)सँग प्रयोग गरिन्छ ।

 १ . ラマはポカラに住んでいます。(रामु वा पोकारा नि सुन्दे इमास) - राम पोखरामा बस्छ ।

 २.ラムは銀行に勤めています。(रामु वा गिन्कोउ नि चुतोमेते इमास्)

- राम बैंकको लागि काम गर्छ ।काम गर्नु



समयलाई संकेत गर्दा

केहि घटना घट्दा समयको बिन्दुलाई संकेत गर्दछ ।

यसलाई अंग्रेजीमा 'in', 'on' , 'at'को रुपमा प्रयोग गरिन्छ ।



उदाहरण

१.六月に日本へ行きます。(रोकुगाचु नि निहोन ए इकिमास) - I'm going to japan in june . म जुनमा जापान जाँदै छु ।

२.月曜日にそうじをします。(गेचुयोउबी नि सोउजी वो सिमास) - I clean on Monday . म सोमबार सफा गर्छु।

३.五時に約束があります。(गोजी नि याकुसोकु गा आरीमास) - I have an appointment at five o'clock . मेरो ५ बजे अपोइन्मेन्ट छ ।

तर यसलाई relative time expressions  जस्तै 今日 (क्योउ) - आज ,明日 (आसिता) - भोलि ,今週 (कोन्स्युउ) - यो हप्ता ,来年(らいねん) - अर्को बर्ष जस्ता शब्दहरुसँग प्रयोग गरिदैन।



へ (ए) पार्टिकल

यो पार्टिकल स्थान/दिशा लाई संकेत गर्दा प्रयोग गरिन्छ । यस पार्टिकललाई हिरागानामा 'हे' भनेर उच्चारण गरिन्छ भने पार्टिकल स्वरुप प्रयोग गर्दा 'ए' भनेर उच्चारण गरिन्छ ।याद गर्नुहोला यस पार्टिकललाई 'from', 'by','at' को रुपमा प्रयोग गरिन्न ।

संरचना/बनावट

स्थान/दिशा + へ

ネパールへ行きます。(नेपारु ए इकिमास) - नेपाल जान्छु ।



उदाहरण

私は、家へ帰ります。(वातासी वा उची ए खाएरीमास) - म घर फर्कन्छु ।

友達と学校へ行きます。(तोमोदाची तो गाक्कोउ ए इकिमास्) - साथीसँग स्कुल जान्छु ।



यस पार्टिकललाई पाउने ब्यक्ति अर्थात प्राप्तकर्तालाई संकेत गर्न प्रयोग गरिन्छ ।

उदाहरण

友達へ電話をかけました。(तोमोदाची ए देन्वा खाकेमासिता)

मैले साथीलाई फोन गरे ।

友達へメ一ルをしました。(तोमोदाची ए मे-रु वो सिमासिता . साथीलाई इमेल पठाएँ ।



で(दे) पार्टिकल

यस पार्टिकलाई नेपाली 'मा' भनिन्छ।यस पार्टिकलले कुनै घट्न घटेको स्थानलाई संकेत गर्दछ ( location of an action)、यो पार्टिकल बिशेष गरि कहाँ ? को उतर दिदाँ प्रयोग गरिन्छ ।

संरचना/बनावट

Location(स्थान) + で 
私は家で本を読みます。(वातासीवा इए दे होन वो योमीमास्) - म घरमा किताब पढ्छु ।

यस पार्टिकललाई あります、います、住んでいます、勤めています。जस्ता क्रियाहरुसँग प्रयोग गरिन्न ।



१.यस पार्टिकलले हामीले गरेको कुनै माध्यम अथवा साधनलाई संकेत गर्दछ । यसलाई अंग्रेजीमा 'by',  'with' को अर्थ दिन्छ ।

२.यस पार्टिकलले कुनै चीज केहीबाट बनेको हो भनेर संकेत गर्न पनि प्रयोग गरिन्छ ।

उदाहरण 私は、木でテ一ブルを作りました。(वातासी वा , कि दे तेबुरु वो चुकुरीमासिता) - मैले काठबाट टेबल बनाएँ ।

ごはんを手で食べます。(गोहान वो ते दे ताबेमास् ) -म हातले भात खान्छु ।

は ( वा ) पार्टिकल

नामलाई नामसँग जोड्नको लागि पार्टिकल प्रयोग गरिन्छ । は ( वा ) पार्टिकल जापानी हिरागाना ‘は’ को वास्तविक उच्चारण ‘हा ‘ हो तर यसलाई पार्टिकलको रुपमा प्रयोग गर्दा ‘वा’ उच्चारण गरिन्छ । यस पार्टिकलले वाक्यको मुख्य प्रसंगलाई संकेत गर्दछ ।
संरचना/बनावट

नाम(क ) + は + नाम( ख ) です。

ラマさんは学生です。(रामुसान वा गाकुसेइ देस् ।) - राम बिधार्थी हो ।

माथिको वाक्यमा は ले ラム लाई संकेत गरेको छ ।


उदाहरण

१.明日は土曜日です。 (आसिता वा दोयोउबी देस् ) - भोलि शनिबार हो ।

२.出身はどこですか? (स्युसिन वा दोको देस्का ?) - तिमी कहाँको हौं ?


を (वो)

を ले वाक्यको वस्तुलाई संकेत गर्दछ ।यो पार्टिकल वस्तु पछि प्रयोग गरिन्छ ।
संरचना/ बनावट

Noun(नाम) + object(वस्तु) + を + verb(क्रिया)
私はごはんを食べます。 (वातासी वा गोहान वो ताबेमास् ) - म भात खान्छु ।
उदाहरण

カレーを作ります。 (खारे वो चुकरिमास् ) - करि बनाउँछु ।
私は薬を飲みます。(वातासी वा कुसुरी वो नोमीमास् ) - म दबाई पिउँछु ।

も (मो) पार्टिकल

यस पार्टिकलले ‘ पनि ‘ को काम गर्दछ । यस पार्टिकलले पनि मुख्य प्रसंगलाई संकेत गर्दछ ।- यसलाई noun(नाम) पछि राखिन्छ ।
संरचना/ बनावट

Object( वस्तु)+ は+ (action1/property1) です, Object( वस्तु) + も+(action1/property1) です。



A.私はネパール人です。- म नेपाली हुँ

B.私もネパール人です。- म पनि नेपाली हुँ ।

उदाहरण

くつが欲しいです。かばんも欲しいです。•(कुचु गा होसिइ देस्.खाबान मो होसिइ देस् )
मलाई जुत्ता चाहिएको छ । मलाई झोला पनि चाहिएको छ ।
これは百円です。あれも百円です。(कोरेवा ह्याकुएन देस्,आरे मो ह्याकु एन देस् )
यो एक सय एन हो। त्यो पनि एक सय एन हो।

click here to download pdf

Labels: