संक्रमण (सरुवा रोग) र रोकथामको उपायहरुः बाहिरी वातावरणमा भएका रोगका
किटाणु (भाईरस) हरु कुनै पनि माध्यमबाट शरिरभित्र प्रवेश गरि वृद्धि भई विभिन्न लक्षण
देखा पर्नुलाई संक्रमण भनिन्छ । जस्तैः क्षयरोग, निमोनिया, इन्फ्लुएन्जा, आदि । रोग
प्रतिरोधात्मक क्षमता कमजोर भएको बेलामा संक्रमण हुने सम्भावना बढि हुन्छ । ज्वरो
आउने, वान्ता हुने, पखाला लाग्ने, चिलाउनु, डाबर आउने आदि यसको मुख्य लक्षण हो ।
यसको रोकथामको लागि संक्रमण को पहिचान गरि रोकथामको उपायहरु अपनाउनु
पर्दछ। नियमित रुपमा हात धुने, मास्क लगाउने डिस्पोजेबल पञ्जा लगाउने, गार्गल गर्ने,
एप्रोनकोप्रयोग आदि जस्ता कार्य गर्नुपछ ।
नोरोभाइरस संक्रमण वान्ता र पखाला हुने गर्दछ । संक्रमितकाे दिसा वा वान्ता छोएमा
अरुलाई पनि सर्न सक्छ । यस बाट बच्नको लागि संक्रमित खानाबाट टाढा रहने र मास्क
औठे जुकाः यो विशेष गरि छाला, नङ र कपाललाई असर गर्ने एक प्रकारको छाला
सम्बन्धि रोग हो । यस्तो संक्रमण गर्मि मौशममा धेरै हुने गर्दछ र खुट्टाको औलाको कापमा
धेरै असर देखिन्छ । यसको रोकथामको लागि शारीरिक सरसफाईमा ध्यान दिनु पर्दछ ।
लुतोः यो एक किसिस्मको सुक्ष्म किरा mites को कारणबाट हुने एउटा छालाको रोग
हो जसले छाला चिलाउने हुन्छ । संक्रमितकाे कपडाबाट पनि सर्ने भएकोले कपडालाई
तातो पानीमा धुनु पर्दछ ।
इन्फ्लुएन्जाः स्वासप्रस्वास प्रणालि (नाक,घाटि, फोक्सो) मा असर गर्ने भाइरल
संक्रमण हो । हाछ्यु आउनु यसको मुख्य लक्षण हो । यो भाइरस उड्न सक्ने भएकोले
खोक्दा, कुरा गर्दा र हाछ्यु गर्दा हावाको माध्यमबाट पनि सर्दछ । यो जाडो समयमा धेरै हुने
गर्दछ ।
क्षयरोगः क्षयरोग माइक्राे व्याक्टेरियम ट्युबरकुलोसिस नामक ब्याक्टेरियाले फोक्सोमा
संक्रमण गर्दा हुने राग हो र यसले शरिरको अन्य भागहरुमा पनि असर गर्दछ । यो
संक्रमित सँगकाे सिधा सम्पर्क र हावाबाट पनि सर्दछ । यसको मुख्य लक्षण तिन हप्ता वा
त्यो भन्दा बढी समयसम्म खोकि लाग्नु, खोकिमा रगत देखा पर्नु, खोक्दा छाति दुख्नु, तौल
घट्नु, ज्वरो आउनु, राति पसिना आउनु, थकित महसुस हुनु, खान मन नलाग्नु आदि हुन् ।
हेपाटाइटिस बी र सीः हेपाटाइटिस बी र हेपाटाइटिस सी रगत र शरीरको तरल पदार्थबाट
सर्ने रोग हो यसले कलेजोलाई धेरै असर गर्दछ । शरीर दुख्ने, घुँडा दुख्ने, अति साह्रो ज्वरो
आउने, खानामा अरुचि हुने, माथिल्लो पेट फुलेर आउने, दायाँपट्टि असजिलो महसुस हुने,
वाक्वाकी लाग्ने, बान्ता आउने, आँखा पहेलो हुने, आदि लक्षण देखा पर्छन् ।
जोखिम रोकथाम र सुरक्षाको उपायहरुः दैनिक रुपमा प्रयोगकर्ताहरुलाई एक
ठाँउबाट अर्काे ठाँउमा लिएर जाने कार्य गर्नुपर्दछ । प्रयोगकर्ताहरु अशक्त तथा अपाङ्गता
वा वृद्ध वृद्धा हुने भएकोले त्यस्तो कार्य गर्दा दुर्घटना हुने सम्भावना बढी हुन्छ । यसको
रोकथामको लागि निम्न कार्यहरु गर्नुपर्दछः
- प्रयोगकर्ताको स्थिति राम्रोसँग अबलोकन गर्ने
- प्रयोगकर्ताको पोशाक, जुत्ता चप्पल उचित छ छैन निश्चय गर्ने
- कल्याणकारी उपकरण प्रयोग गर्नु अघि निरिक्षण गर्ने
- हिडडुल गर्ने वरिपरीको वातावरण निश्चय गर्ने
जोखिम व्यवस्थापनः घटनाहरुको रेकर्ड राखि कुनै पनि खतराहरुको अर्थात हुन
सक्ने खतराहरुको पूर्व अनुमान गरि संगठित रुपमा संलग्न भई उक्त खतराको रोकथामको
उपाय अपनाउनुलाई जोखिम व्यवस्थापन भनिन्छ ।
0 Comments
If you Have any doubt/question please let me know. Thank you