//

Ads

basic japanese particle に、へ、で、は、を、も

  に(नि) पार्टिकल

नेपालीमा यस पार्टिकल 'मा' स्वरुप लिन सकिन्छ । に पार्टिकललाई स्थान

पार्टिकल र समय पार्टिकल भनिन्छ ।यो पार्टिकलले बिशेष गरि स्थान

,समय, समय अवधि र गतिलाई संकेत गर्दछ ।


स्थानको लागि प्रयोग गर्दा

यो पार्टिकलले कुनै चीज वा जीव त्यस स्थानमा छ भनेर संकेत गर्दा प्रयोग गरिन्छ ।

संरचना/ बनावट

स्थान (place)+ に 

に पार्टिकल बिशेष गरि あります(आरीमास) र います (इमास) सँग

प्रयोग गरिन्छ ।

ありますसँग प्रयोग गर्दाको उदाहरण

教室に椅子があります。(क्योउसिचु नि इसु गा आरीमास्) -

कक्षाकोठामा कुर्सी छ ।



います सँगको उदाहरण 
会議室に部長がいます。(खाइगिसिचु नि बुच्योउगा इमास )

- बैठककोठामा म्यानेजर हुनुहुन्छ ।

 あります र います सँगसँगै に पार्टिकल 住みます(सुमिमास ) र 勤めます

(चुतोमेमास)सँग प्रयोग गरिन्छ ।

 १ . ラマはポカラに住んでいます。(रामु वा पोकारा नि सुन्दे इमास) - राम पोखरामा बस्छ ।

 २.ラムは銀行に勤めています。(रामु वा गिन्कोउ नि चुतोमेते इमास्)

- राम बैंकको लागि काम गर्छ ।काम गर्नु



समयलाई संकेत गर्दा

केहि घटना घट्दा समयको बिन्दुलाई संकेत गर्दछ ।

यसलाई अंग्रेजीमा 'in', 'on' , 'at'को रुपमा प्रयोग गरिन्छ ।



उदाहरण

१.六月に日本へ行きます。(रोकुगाचु नि निहोन ए इकिमास) - I'm going to japan in june . म जुनमा जापान जाँदै छु ।

२.月曜日にそうじをします。(गेचुयोउबी नि सोउजी वो सिमास) - I clean on Monday . म सोमबार सफा गर्छु।

३.五時に約束があります。(गोजी नि याकुसोकु गा आरीमास) - I have an appointment at five o'clock . मेरो ५ बजे अपोइन्मेन्ट छ ।

तर यसलाई relative time expressions  जस्तै 今日 (क्योउ) - आज ,明日 (आसिता) - भोलि ,今週 (कोन्स्युउ) - यो हप्ता ,来年(らいねん) - अर्को बर्ष जस्ता शब्दहरुसँग प्रयोग गरिदैन।



へ (ए) पार्टिकल

यो पार्टिकल स्थान/दिशा लाई संकेत गर्दा प्रयोग गरिन्छ । यस पार्टिकललाई हिरागानामा 'हे' भनेर उच्चारण गरिन्छ भने पार्टिकल स्वरुप प्रयोग गर्दा 'ए' भनेर उच्चारण गरिन्छ ।याद गर्नुहोला यस पार्टिकललाई 'from', 'by','at' को रुपमा प्रयोग गरिन्न ।

संरचना/बनावट

स्थान/दिशा + へ

ネパールへ行きます。(नेपारु ए इकिमास) - नेपाल जान्छु ।



उदाहरण

私は、家へ帰ります。(वातासी वा उची ए खाएरीमास) - म घर फर्कन्छु ।

友達と学校へ行きます。(तोमोदाची तो गाक्कोउ ए इकिमास्) - साथीसँग स्कुल जान्छु ।



यस पार्टिकललाई पाउने ब्यक्ति अर्थात प्राप्तकर्तालाई संकेत गर्न प्रयोग गरिन्छ ।

उदाहरण

友達へ電話をかけました。(तोमोदाची ए देन्वा खाकेमासिता)

मैले साथीलाई फोन गरे ।

友達へメ一ルをしました。(तोमोदाची ए मे-रु वो सिमासिता . साथीलाई इमेल पठाएँ ।



で(दे) पार्टिकल

यस पार्टिकलाई नेपाली 'मा' भनिन्छ।यस पार्टिकलले कुनै घट्न घटेको स्थानलाई संकेत गर्दछ ( location of an action)、यो पार्टिकल बिशेष गरि कहाँ ? को उतर दिदाँ प्रयोग गरिन्छ ।

संरचना/बनावट

Location(स्थान) + で 
私は家で本を読みます。(वातासीवा इए दे होन वो योमीमास्) - म घरमा किताब पढ्छु ।

यस पार्टिकललाई あります、います、住んでいます、勤めています。जस्ता क्रियाहरुसँग प्रयोग गरिन्न ।



१.यस पार्टिकलले हामीले गरेको कुनै माध्यम अथवा साधनलाई संकेत गर्दछ । यसलाई अंग्रेजीमा 'by',  'with' को अर्थ दिन्छ ।

२.यस पार्टिकलले कुनै चीज केहीबाट बनेको हो भनेर संकेत गर्न पनि प्रयोग गरिन्छ ।

उदाहरण 私は、木でテ一ブルを作りました。(वातासी वा , कि दे तेबुरु वो चुकुरीमासिता) - मैले काठबाट टेबल बनाएँ ।

ごはんを手で食べます。(गोहान वो ते दे ताबेमास् ) -म हातले भात खान्छु ।

は ( वा ) पार्टिकल

नामलाई नामसँग जोड्नको लागि पार्टिकल प्रयोग गरिन्छ । は ( वा ) पार्टिकल जापानी हिरागाना ‘は’ को वास्तविक उच्चारण ‘हा ‘ हो तर यसलाई पार्टिकलको रुपमा प्रयोग गर्दा ‘वा’ उच्चारण गरिन्छ । यस पार्टिकलले वाक्यको मुख्य प्रसंगलाई संकेत गर्दछ ।
संरचना/बनावट

नाम(क ) + は + नाम( ख ) です。

ラマさんは学生です。(रामुसान वा गाकुसेइ देस् ।) - राम बिधार्थी हो ।

माथिको वाक्यमा は ले ラム लाई संकेत गरेको छ ।


उदाहरण

१.明日は土曜日です。 (आसिता वा दोयोउबी देस् ) - भोलि शनिबार हो ।

२.出身はどこですか? (स्युसिन वा दोको देस्का ?) - तिमी कहाँको हौं ?


を (वो)

を ले वाक्यको वस्तुलाई संकेत गर्दछ ।यो पार्टिकल वस्तु पछि प्रयोग गरिन्छ ।
संरचना/ बनावट

Noun(नाम) + object(वस्तु) + を + verb(क्रिया)
私はごはんを食べます。 (वातासी वा गोहान वो ताबेमास् ) - म भात खान्छु ।
उदाहरण

カレーを作ります。 (खारे वो चुकरिमास् ) - करि बनाउँछु ।
私は薬を飲みます。(वातासी वा कुसुरी वो नोमीमास् ) - म दबाई पिउँछु ।

も (मो) पार्टिकल

यस पार्टिकलले ‘ पनि ‘ को काम गर्दछ । यस पार्टिकलले पनि मुख्य प्रसंगलाई संकेत गर्दछ ।- यसलाई noun(नाम) पछि राखिन्छ ।
संरचना/ बनावट

Object( वस्तु)+ は+ (action1/property1) です, Object( वस्तु) + も+(action1/property1) です。



A.私はネパール人です。- म नेपाली हुँ

B.私もネパール人です。- म पनि नेपाली हुँ ।

उदाहरण

くつが欲しいです。かばんも欲しいです。•(कुचु गा होसिइ देस्.खाबान मो होसिइ देस् )
मलाई जुत्ता चाहिएको छ । मलाई झोला पनि चाहिएको छ ।
これは百円です。あれも百円です。(कोरेवा ह्याकुएन देस्,आरे मो ह्याकु एन देस् )
यो एक सय एन हो। त्यो पनि एक सय एन हो।

click here to download pdf

Post a Comment

0 Comments

JlPT N5 Class Test