गोपनियता प्रतिको संवेदनशिलताः नर्सिङ केयर गर्दै जादा प्रयोगकर्ताको नाङ्गो
शरीर देखिएपनि उनिहरुलाई अप्ठ्यरो अथवा लाज महशुस नहुनेगरि गोपनियतालाई
संवेदनशिलतापूर्वक लिनु महत्वपूर्ण हुन्छ ।
- गोपनियताको सुनिश्चितताः नर्सिङ केयर वर्करले उपयुक्त सेवा प्रदान गर्नको लागि प्रयोगकर्ताको सम्पूर्ण जानकारी थाहा पाउनु पर्दछ तर प्रयोगकर्ताको स्वीकृतिविना उक्त जानकारीहरु अरुलाई भन्नु तथा सामाजिक सञ्जालमा, इन्टरनेटमा हाल्नु हुदैन ।
- शारीरिक स्वतन्त्रता नियन्त्रण निषेधः प्रयोगकर्ताले शारीरिक रुपमा गर्न सक्ने कार्यहरु गर्नु नदिनु अर्थात शारीरिक स्वतन्त्रता हनन् गर्नु शारीरिक स्वतन्त्रता नियन्त्रण हो । यस्तो निम्न कार्यहरुगर्नु हुदैनः
- शरिर वा हात खुट्टा चल्न नसकने गरि बाँधेर राख्नु
- कोठा भित्र थुनेर राख्नु
- बेडको चारैतिर बार लगाई ओर्लन नसक्ने गरि राख्नु
- बेल्ट आदिले बाँधेर उभिन नसक्ने गरि राख्नु
- साइकोट्रपिक औषधि आवश्यकता भन्दा धेरै खुवाउनु आदि ।
0 Comments
If you Have any doubt/question please let me know. Thank you