Ø मस्तिष्कको मुख्य भागहरु र
कार्यहरुः
o सेरेब्रुम/प्रमस्तिष्कः यो मस्तिष्कको
सबैभन्दा ठुलो भाग हो। यसले सोँच्ने, कुरा गर्ने, निर्णय लिने, भावना आदि जस्ता
कार्यहरु गर्दछ।
o डायसिफालनः मांशपेसिको गतिविधी, निन्द्राको चक्र,
तापक्रम सन्तुलन, गन्ध आदि जस्ता कार्य। यो ४ प्रकारको हुन्छः
§
थलामसः सम्वेदना ग्रहण गर्ने, निन्द्रा चक्र नियन्त्रण गर्ने।
§
हाईपोथलामसः होमिओस्टेसिस (तापक्रम र रक्तचाप) सन्तुलन गर्छ।
§
ईपिथलामसः गन्धको भवना, निन्द्रा र ब्युझिने चक्रलाई नियमित गर्न सहयोग गर्छ।
§
सब-थलामसः हिडडुल गर्न सहयोग गर्छ ।
o मस्तिष्क स्टोमः लाईफ सपोर्टका कार्यहरु ( धड्कन र सासको
समायोजन, निल्ने कार्य) गर्दछ साथै शरीरको तापक्रम र रक्तसञ्चारलाई नियमित गर्ने
कार्य गर्दछ। यसमा मिड ब्रेन, ब्रिज र मेडुला अब्लन्गेटा पर्दछ।
o सेरेबेलुमः व्यायम सम्बन्धि समायोजन, आसन, बोलि
सन्तुलन आदिको कार्य गर्दछ।
Ø स्नायु प्रणालिः शरीरको सम्पूर्ण
भागबाट जानकारि जम्मा गरि, विश्लेषण र निर्णय गरि शरीरको सम्पूर्ण भागमा आदेश
पुर्याई सम्पूर्ण अङ्गहबिच जानकारि सञ्चार गर्ने प्रणालिलाई स्नायु प्रणालि
भनिन्छ। यसलाई दुई भागमा बाड्न सकिन्छः
o
केन्द्रिय स्नायु (मस्तिष्क
र सुषुम्ना);
§ मस्तिष्कः शरीरको सम्पूर्ण
भागबाट जानकारि प्राप्त गरि विश्लेषण र निर्णय गरि सम्पूर्ण भागमा आदेश पठाउने
कार्य गर्दछ ।
§ सुषुम्नाः यो मस्तिष्कसँग
जोडिएको हुन्छ। शरीरको सम्पूर्ण भागबाट मस्तिष्कमा र मास्तिष्कबाट शरीरको सम्पूर्ण
भागमा जानकारि पुर्याउने कार्य गर्दछ। यसमा टाउको, छाति र कम्मर पर्दछ। कहिले
काहिँ आफै जानकारि सम्बन्धि निर्णय गर्ने र आदेश दिने पनि गर्दछ।
o परिधिय स्नायुः केन्द्रिय स्नायु र शरीरको सम्पूर्ण अङ्गहरुबिच जानकारि सञ्चार गर्ने कार्य गर्दछ। यो दुई प्रकारको छः
§ मस्तिष्क स्नायुः १२ जोडि क्रेनियल
स्नायु
§ सुषुम्ना स्नायुः ३२ जोडि स्पाईनल स्नायु
0 Comments
If you Have any doubt/question please let me know. Thank you