//

Ads

डिमेन्सिया Dementia にんちしょう (認知症)

 *डिमेन्सियाः  कनै रोग वा चोटपटक जस्ता विभिन्न कारणले मस्तिस्कको कुनै पनि भागमा  नकारात्मक असर पर्न गई  स‍ङ्ज्ञानात्मक क्षमतामा ह्रास आई दैनिक जीवन साथै  सामाजिक र मानसिक जीवनमा समेत बाधा उत्पन्न हुनुलाई डिमेन्सिया भनिन्छ। डिमेन्सिया भएको व्यक्तिलाई बिरामि जस्तो देखिदैन।डिमेन्सिया एक प्रकारको मानसिक रोग हो।

  1. अल्जाईमर डिमेन्सिया:  यस अवस्थामा मस्तिष्क खुम्चिन्छ र अनुमस्तिष्कमा दाग देखिन्छ। यो मेमोरि डिसअडरबाट सुरु हुन्छ।यस्तो डिमेन्सिया चाडो अवस्था खराब हुने  र चाडै सुधार हुने हुन्छ। याे डिमेन्सिया  विशेष गरी ६०/७० वर्ष देखि माथिको महिलाहरुमा बढि देखिन्छ।यस्तो अवस्थामा प्राय प्रफुल्लित मुडमा हुन्छन। अल्जाईमर डिमेन्सियाको लक्षणहरु:

  • स्मरण शक्तिमा क्रमिक रुपमा गिरावट देखिँदै जानु ।
  • व्यवहार/व्यक्तित्वमा क्रमिक रुपमा परिवर्तन हुँदै जानु ।
  • परिवार भित्रैका सदस्यलाई पनि चिन्नमा समस्याहुनु ।
  • जथाभावी दिसा पिसाव गर्ने र खेलाउने।
  • शंकालु स्वभाव देखापर्नु।
  • नयाँ विषय तथा कार्यहरु सिक्नमा समस्याहुनु ।
  • सामाजिक रुपमा आपत्तिजनक काम/व्यवहार/भाषा प्रयोग गर्नु ।
  • खाना खान/चपाउन/निल्नमा क्रमिक रुपमा समस्या आई सर्केर हुने न्युमोनिया
    (एस्पिरेसन न्युमोनिया)बाट बिरामी बारम्बार पीडित भइरहनु ।
  • खाना खाएको कुरा बिर्सनु।

    2. भास्कुलर डिमेन्सिया: याे मस्तिष्कको कार्यहरुमा क्रमिक रुपमा  आउने  खराबि हो, जुन सेरेब्रोभास्कुलर रोगको कारण रक्तनलि टालिएर मस्तिष्कको केहि कोषहरु मरेर हुने गर्दछ। यो पुरुषमा बढि हुन्छ। भास्कुलर डिमेन्सियाको लक्षणहरु:
  • शरीरको एक  पट्टि पक्षघात हुनु।
  • स्वर र बोलाई सम्बन्धि समस्या हुनु।
पहिला गर्न सक्ने काम गर्न नसक्नु।
    3. लेवी बडी डिमेन्सिया: मस्तिष्कको अक्सिपिटल लोब खुम्चिएर हुने गर्दछ। यसमा नभएको कुरा             देखिने, निन्द्रा गडबडि हुने, सुतेको बेला देखेको सपनासँग मिलाएर स्वर निकाल्ने (sleep behavior disorder), सानासाना पाईला चालेर हिड्ने (पार्किन्सन सिन्ड्रोम), नभएका कुरामा विश्वास गर्ने, विचार र व्यवहारमा सन्तुलन ल्याउन नसक्नेजस्ता लक्षण देखिन्छन् ।


    4.  फ्रन्टोटेम्पोरल डिमेन्सिया: मस्तिष्कको फ्रोन्टल कोर्टेक्स र टेम्पोरल लोब खुम्चिएर हुने गर्दछ। फ्रन्टोटेम्पोरल डिमेन्सियाको लक्षणहरु: 
  • सोचबिचार गर्ने क्षमता, सुनाई तथा भाषाको बुझाईमा समस्या हुनु।
  • ईच्छा तथा भावना नियन्त्रण नहुनु।
  • एउटा काम गरिरहदा अर्को कामको पूर्व तयारी गर्नु (निर्धािरत प्याट्रनका गतिबिधि) 
  • उत्तेजना तथा आक्रामक गतिबिधि गर्नु।
  •  सामाजिकरुपमा  व्यवहारमा परिवर्तन हुनु। आदि
    5. पिका डिमेन्सिया: याे डिमेन्सिया प्राय सानो उमेरकोलाई हुने गर्दछ। यसमा व्यक्तिले जुनसुकै कुराहरुपनि खाना सम्झेर खाने गर्दछ। 


Core Symptoms/ महत्वपूर्ण लक्षण
  • मेमोरी डिसअडर: बिर्सनु तथा नयाँ कुरा वा जानकारी याद गर्न समस्या हुनु।
  • डिसओरियन्टेसन: व्यक्ति पहिचान गर्न समस्या साथै समय र ठाँउ बिर्सनु। जसले गर्दा राति उठेर बाहिर जाने र आफ्नो परिवार समेत नचिन्ने समस्या हुन्छ।
  • एक्जिक्युटिभ फङ्सन डिसअडर: केहि कुरा गर्ने क्रम बिर्सनु। जस्तै खाना पकाउने तरिका बिर्सनु।
  • बुझाई तथा निर्णय शक्तिको अपाङ्गता: सोचबिचार गर्ने क्षमता, सुनाई तथा भाषाको बुझाईमा समस्या भएकोले कुनै कुराको निर्णय गर्न नसक्नु साथै पढाइ/लेखाइ/गणितमा समस्या देखिँदै जानु ।

Behavioral and physiological Symptoms of Dementia (BPSD)  
डिमेन्सियाको मनोवृत्ति तथा मनोवैज्ञानिक लक्षणहरु (पेरिफेरल लक्षण)

         डिमेन्सियाको मनोवृत्ति  
  • उत्तेजना तथा आक्रामक गतिबिधि:  के गर्न लागेको भन्ने कुरा नबुझेर र दुखाई,  दिसा पिसाव  गर्न मन लागेको कुरा जस्ता कुराहरु भन्न अप्ठ्यारो लागेर गर्ने आक्रामक कार्यहरु जस्तै सामानहरु फुटाउनु ।
  • भाैतारिने: एकै ठाँउमा बसिरहन नसकेर कुनै कामबिना यताउता हिँडीरहनु।
        डिमेन्सियाको मनोवैज्ञानिक लक्षण  
        
  •  दृष्यको भ्रम: आफ्नो अगाडि नभएको कुरा पनि भएको जस्तो दृश्यको रुपमा देख्नु।
  • डिलुजन:  यथार्थमा नभएको कुरा  पनि भएको जस्तो महशुस हुनु। जस्तै  कुनै सामान  दराजमा नराखेको भएपनि दराजमा भएको महशुस हुनु।

डिमेन्सिया भएको  व्यक्तिलाई नर्सिङ केयर गर्दा ध्यान दिनुपर्ने कुराहरु: 
  • प्रयोगकर्ताको कुरालाई असहमति नजनाई केहि भनेर वा गरेर स्वीकार गर्नुपर्छ। 
  • प्रयोगकर्ताको कुरा राम्रोसँग सुनेर ढुक्क महसुस गराउनुपर्छ।
  • कुनै कुरा भन्दा छोटो र सरल वाक्यमा भन्नुपर्छ।
  • कोठा वरिपरिको वातावरण अनावश्यक रुपमा फेर्नु हुदैन।
  • दैनिक जीवनको रिदमलाई मिलाउनुपर्छ।       








Post a Comment

0 Comments

JlPT N5 Class Test