//

Ads

खाना सम्बन्धि नर्सिङ केयर

  • प्रयोगकर्ताको स्वास्थ स्थिति निस्चय गर्नुपर्छ।
  • कुनै कुरा गर्नु अगाडि त्यो कुराको बारेमा प्रयोगकर्तालाई ब्याख्या गरि प्रयोगकर्ताको मन्जुरि लिनुपर्छ ।
  • खाना खुवाउनु भन्दा अगाडि र खाना खाईसकेपछि हात मुख सफा गर्नु पर्छ।
  •  स्वास्थ्य स्थिति अनुसार खानाको मात्रा र खान हुने र खान नहुने खानामा ध्यान दिनुपर्छ ।
  • प्रयोगकर्ताको  चपाउने र निल्ने क्षमतामा अनुसार खानेकुरालाई  सबैभन्दा  पहिला स-साना टुक्रा पारेर खान सजिलो हुने बनाउनु  पर्छ । 
  • खाना खान बस्दा कुर्सिको पछाडिसम्म गई ढाँड सिधा पारेर बसि पैतालाले भुँईमा टेक्नुपर्छ ।
  • प्रयोगकर्तालाई सर्कनबाट बचाउन खाना खुवाउदा प्रयोगकर्ताको टाउको थोरै झुकाउनु पर्छ।
  •  प्रयोगकर्ताको एक साईड पक्षघात भएमा स्वस्थ भाग पट्टि थोरै अगाडि छड्केतिर बसेर खुवाउनु पर्दछ।
  • प्रयोगकर्ता आफै खान सक्ने अवस्थामा हेरचाहकर्ता प्रयोगकर्ताको अस्वस्थ भागपट्टि थोरै अगाडि छड्केतिर बसेर हेरचाह गर्नुपर्छ ।
  • खाना खुवाउदा खाना निलेको र ननिलेको अवलोकन गरि  निल्ने गति सँग मिलाएर खुवाउनु पर्छ।
  • खाना खुवाउदा हेरचाहकर्ता प्रयोगकर्ताको उचाईसँग मिलाएर बस्नुपर्छ
  • बेडमा खाना  खुवाउनुपर्ने प्रयोगकर्तालाई खानाको हेरचाह गर्दा बेडलाई ग्याचअप गरि प्रयोगकर्ताको टाउकोमा तकिया राखेर चिँउडो थोरै तल  फर्काउनु पर्छ।
  • शरीरको माथिल्लो भाग उठाएको पोजिसन बनाउन नसक्ने अवस्थामा प्रयोगकर्तालाई कोल्टे पारेर खानाको हेरचाह गर्ने। यो अवस्थामा अस्वस्थ भाग माथि पट्टि पार्नुपर्छ।
  • मेनुको ब्याख्या गर्दा घडिको दिसातिरको साईडबाट भन्नु पर्छ।
  • खाना खाने बेला सुरुमा जापानिज चिया वा सुप जस्ता तरल पदार्थ पिउन लगाउनुपर्छ। तर दहि र दाल सुरुमा खुवाउनु हुदैन ।
  • निल्न र सास फेर्न गाह्रो भएको व्यक्तिलाई  चिया, सुप, मिसो सुप जस्ता खानेकुरा खुवाउने।
  • ब्रेड र दुनोटमा मोईस्चर कम हुन्छ र निल्न गाह्रो हुन्छ।
  • द्रिष्टि सम्बन्धि समस्या भएको व्यक्ति भएमा खानेकुरा घडिको पोजिसनमा राखि खानेकुरा कत्तिको तातो वा चिसो छ र खानामा हालिएको स्वादको बारेमा भन्नु पर्दछ।
  • खाना खाने गति, शरीरको पोजिसन, चपाएको र निलेको बेलाको स्थिति र खाने बेला गरिने कुराहरुमा कुनै समस्या छ वा छैन अवलोकन गर्नुपर्छ।
  • प्रयोगकर्ताले दैनिक २,५०० एम एल जति पानी पिउनुपर्छ। जसमा १००० एम एल जति खाना बाट प्राप्त हुन्छ भने १,५०० एम एल शुद्ध पानी पिएर पुरा गर्नुपर्छ।
  • Calcium, vitamin D,  vitamin K जस्ता vitamin पाईने खाना osteoporosis भएको प्रयोगकर्तालाई राम्रो हुन्छ ।
  • एस्पिरेसन निमोनाईटिजको राेकथामको लागि खाना खाएपछि ३० मिनेट जति बस्न लगाउनु पर्छ ।
  • खाना खाएपछि ओरल केयर गर्नुपर्छ।



Like On Facebook 

Post a Comment

0 Comments

JlPT N5 Class Test